युवतीबाट पीडित युवकको गुनासो



नेपालगञ्ज, २२ कात्तिक/ विवाह भएको छैन भन्दै धेरैसँग विवाह गर्ने युवतीबाट पिडित एक युवाले आफु सो युवतीका कारण पीडित बनेको भन्दै नेपालगन्जमा पत्रकार सम्मेलन गरेर गुनासो पोखेका छन् ।
नेपालगन्जकी युवती पार्वती शाही वर्माले विवाह गर्ने र केही समयपश्चात आफ्ना श्रीमानसँग अंश माग्दै सम्वन्ध विच्छेद गर्ने गरेको पार्वतीका श्रीमान इन्द्रजित वर्माले मंगलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।
पार्वती शाही वर्माले हाल ३ जनासँग विवाह गरेको र विवाह दर्ता बनाउदै अंश माग्ने गरेको पीडित वर्माले बताए । वर्माका अनुसार पार्वती शाहीले विवाह गर्ने र विवाह दर्ता बनाउने वित्तिकै अंश मुद्दा हाल्ने गर्दै आएको तथ्य सार्वजनिक भएको छ ।
पार्वतीले पहिले सुर्खेतका विनोद कुमार वम, दोश्रो विरेन्द्र कुमार माझी र तेश्रो इन्द्रजित बर्मासंग विवाह गरेको खुलेको छ । विवाह दर्ता गरेको दुई दिनमै अंशमुद्दा हालेको श्रीमान वर्माले पत्रकार सम्मेलनमा जानकारी गराए । श्रीमतीले चाहेअनुसारको पु¥याईरहेको भएपनि उनले बारम्बार प्रहरी र अदालतमा मुद्दा हाल्ने गरेको गुनासो गरे ।
वर्माले, ‘पहिले नेपालगन्जमा कोठा लिएर राखेको थिएँ, त्यहाँ बस्न नमानेपछि काठमाण्डौमै बसाल्दा समेत त्यहाँबाट पनि भागेर अंश मागेको, अंश दिन तयार रहँदा पनि बारम्बार प्रहरी तथा अन्य व्यक्तिमार्फत फोनमा धम्की समेत दिन लगाउने गरेको बताए’ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २२ गते बुधबार