कोहलपुर । नेकपा (एमाले) बाँके क्षेत्र नं. १ क्षेत्रीय समन्वय कमिटीको दोश्रो पूर्ण बैठक बुधबार कोहलपुरमा सम्पन्न भएको छ । कमिटी संयोजक सूर्य ढकालको अध्यक्षतामा बसेको बैठकले मंसिर २१ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा वामपन्थी गठवन्धनका उम्मेदवारलाई अत्यधिक मतले विजय बनाउन गठन गरेको छ ।
जिल्ला कमिटीका सचिवालय सदस्य तथा क्षेत्र नं १ का संयोजक सूर्य ढकालको संयोजकत्वमा यस क्षेत्रभित्र रहेका वडा इन्चार्जहरु, यस क्षेत्रमा रहेका जिल्ला सल्हाकार परिषदका सदस्यहरु,ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, प्रदेश कमिटीका संयोजक तथा सहसंयोजक, गाउँपालिका तथा नगर कमिटीका संयोजक तथा सहसंयोजक र सचिव,क्षेत्रीय कमिटीका सदस्यहरु र जनवर्गीय संगठनका केन्द्रीय सदस्य तथा वर्तमान एवं पूर्व जिल्ला पदाधिकारीहरु सदस्य रहने गरी निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
बैठकले चुनाव प्रचार प्रसार क्षेत्रीय समितिको सचिवालय समेत गठन गरेको छ । बामपन्थी गठवन्धनले अगाडि सारेका उम्मेवादरलाई विजय बनाउन र यस अभियानमा सब नेता तथा कार्यकर्ताहरु परिचालन गर्न एमाले र माओवादी यस क्षेत्रमा रहेका नेताहरुको संयुक्त बैठक दुवै पक्षसँग सल्लाह गरेर आयोजना गर्ने जिम्मेवारी कमिटीका संयोजकलाई दिने निर्णय बैठकले गरेको छ ।
प्रकाशित मिति : २०७४ कात्तिक ८ गते बुधबार










प्रतिक्रिया दिनुहोस्