खजुरा ः खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८००८१ के नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार १३ औँ गाउँ सभामा हामी आफै बनायौं हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ अध्यक्ष डम्बर बहादुर विकले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा लक्ष्य र उद्देश्यलाई समेत प्राथमिकता दिइएको छ । गाउँपालिकाले सुशासन र पारदर्शितालाई अबलम्बन गर्ने, पालिकाको आर्थिक तथा सामाजिक रुपान्त्रणका नीति निर्माण गर्ने, स्वस्थ खजुरेली नागरिक उत्पादनमा जोड दिइएको छ ।

पालिका समृद्धिका लागि गरिबी निवारणका लागि ठोस कार्ययोजना निर्माण गरिने भएको छ । खजुरेली जनताको जीवनस्तर, आम्दानी र रोजगारीलाई प्राथमिकता दिइएको उनले बताए ।
खजुरामा निर्र्माणाधिन गौरवका आयोजनाहरुलाई सम्पन्न गर्न नीति लिइएको छ । खजुरामा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रमले शिक्षालाई प्रमुख प्राथमिकता दिएको छ । शिक्षा क्षेत्रको विकासका लागि अभिभावक विहीन बालबालिकाहरुको पालिकाले अभिभावकत्व ग्रहण गर्दै कक्षा १२ सम्म नि ःशुल्क अध्ययपन गराउने भएको छ ।
न्युनतम ४० विद्यार्थी भएका विद्यालयका शिक्षकलाई अन्य विद्यालयमा काजमा खटाउने नीति लिइएको छ । उच्च स्तरको प्राविधिक धारको शिक्षा अध्ययन गर्न चाहने जनशक्तिलाई पालिका मै सेवा गर्ने सर्तमा अध्ययन खर्च उपलब्ध गराउने, कार्य सम्पादन मूल्यांकनका आधारमा शिक्षकहरुलाई पुरस्कार र कारबाहीको व्यवस्था गरिएको छ ।
चालू आर्थिक वर्षदेखि स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । सामुदायिक विद्याललयमा यातायात सेवा उपलब्ध गराउने नीति खजुराले लिएको छ ।
विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै पढ्दै कमाउँदै कार्यक्रम लागू गरिने भएको छ ।
यसैगरी पालिका स्तरीय मर्मत संभार कोष सञ्चालनलाई निरन्तरता दिइने बताइएको छ ।
एक वडा एक गौरवको आयोजना छनौट गरी सञ्चालन गर्ने, सहित लखन थापाको सालिक निर्माण गर्ने भएको छ । विपन्नका लागि आवास कार्यक्रमका लागि बजेट विनियोजन गर्ने,
खजुरा प्रज्ञा प्रतिष्ठान मार्फत पालिकाको भाषा, संस्कृति साहित्य कला संरक्षणमा जोड दिने, मानखोला र किरण नालामा शव अन्त्येष्टिका लागि घाट व्यवस्थापन गरिने नीति लिइएको छ ।









प्रतिक्रिया दिनुहोस्