2 December 2020  |   बुधबार, मंसिर १७, २०७७

च्याउखेतीमा सक्रिय हुँदैछन् ज्येष्ठ नागरिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२  

बर्दिया, मंसिर १५ । जनचेतना तथा युवाजागरण मञ्च (फाया नेपाल) नेपालले हेल्प ऐज अन्तर्राष्ट्रियको सहयोगमा ६० वर्षमाथिका बर्दिया कालिका गाविसका ज्येष्ठ नागरिकको आयआर्जनका लागि च्याउखेती कार्यक्रम सुरुवात गरेको छ ।

आफ्नो जीवनभर विविध प्रकारका ज्ञान, सीप, अनुभव सङ्गालेका ज्येष्ठ नागरिक उमेर र तागतले गर्न सक्ने कामका रुपमाच्याउखेती उपयुक्त हुने भएकाले सहयोग गरिएको मञ्चका कार्यक्रम अधिकृत मानबहादुर डाँगीले बताए ।

ज्येष्ठ नागरिक सञ्जाल कालिकाको अग्रसरतामा मङ्सिर १० र ११ गते कालिका गाविसका ४५ जना ज्येष्ठ नागरिकलाई च्याउखेती गर्ने तरिकाका बारेमा तालिम दिइएको थियो ।

उमेरअनुसार अन्य काम गरेर आयआर्जन गर्न शरीरले नसक्ने अवस्थाका ज्येष्ठ नागरिकलाई यो पेसा कम लागतमा पनि गर्न सकिने ज्येष्ठ नागरिक सञ्जाल बर्दियाका अध्यक्ष टुकराज घिमिरे बताए ।

अन्य आयआर्जनका गतिविधिभन्दा च्याउखेती गर्न सहज भएकाले ज्येष्ठ नागरिकले च्याउखेतीमा रुचि देखाएको तालिममा सहभागी ८२ वर्षीय छविलाल पौडेलले बताए ।

मञ्चले तालिममा सहभागी ज्येष्ठ नागरिकलाई दुई पोकाका दरले च्याउको बीउ पनि सहयोग गरेको छ । (रासस)

प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२     1:38:24 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *