मेक्सिको भूकम्पका यी तस्बीर जसले तपाईंको आशु झर्ने छ (फोटो समाचार)



मेक्सिकोमा ७.१ म्याग्निच्युडको भूकम्पका कारण भएको क्षति को विवरण हेर्नुहोला

मेक्सिकोमा ७.१ म्याग्निच्युडको भूकम्पका कारण मर्नेको संख्या २ सय नाघेको छ। त्यहाँका गृहमन्त्रीले कम्तिमा २२६ जनाको मृत्यु भएको जानकारी आएको पुष्टि गरेको रोयटर्सले जनाएको छ।

भूकम्पका कारण ग्यास लाइन विस्फोट भई आगो लागेको थियो भने घरहरु भत्किएका थिए।

हजारौँको ज्यान जाने गरी सन् १९८५ मा आएको भूकम्पको वार्षिकी मनाउने क्रममा गरिएको इमर्जेन्सी ड्रिलको केही घण्टापछि दिउँसो यो भूकम्प आएको थियो।

भूकम्पको केन्द्रबिन्दू राजधानी मेक्सिको सिटी नजिकैको पुएब्ला राज्यमा भएकोले पनि त्यहाँ धेरै असर परेको छ। यही महिनाको सुरुमा पनि त्यहाँ ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा कम्तिमा ९८ जनाको ज्यान गएको थियो।

राजधानीमा स्कूल भत्किँदा २० जना विद्यार्थीको मृत्यु भएको छ। ५० देखि ६० जनालाई राजधानीका विभिन्न ठाउँबाट जिउँदै उद्दार गरिएको
मेक्सिकोका मेयर मिगुएल एन्जेला मान्सेराले बताएका छन्।

हेर्नुस् विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीले सम्प्रेषण गरेका त्यहाँको विध्वंसका फोटोहरु

यो खबर यहाँहरुलाई कस्तो लाग्यो त ? आफ्नो बिचार राख्नुहोला तथा यो खबर सक्दो शेयर

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २२ गते आइतबार