जन जागरण महिला संघ केन्द्रिय कार्यालय बर्दियाले महिलाहरुको हकहितका लागि के कस्ता कामहरु गर्नुभएको छ ?
महिलाहरुको निम्ति हामीले २०५६ सालदेखि धेरै काम गर्दै आएका छौं । पहिलाको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ । पहिला महिलाहरु समस्यामा परेका थिए । समाजले उनीहरुको आवाज सुन्ने अवस्था थिएन ।
अहिले हामीले युएसआइडी,प्याड संस्था,हेफर इन्टरनेसनल नेपालको सहकार्यमा महिला सशक्तिकरण कार्यक्रम सम्बन्धी कार्यक्रम सञ्चालन गरेका छौँ । अहिले महिलामाथि हुने कुनैपनि हिंसा र समस्यामा आम महिलाले जनजागरणको नाम लिने गर्छन् । पहिला सधै पुरुषको भरमा पर्ने महिला अहिले आफै आयआर्जन गर्नसक्ने भएका छन् । हामीले महिलाहरुलाई शसक्तिकरण गराउने र आर्थिक रुपमा शसक्त बनाउन लागिपरेका छौँ ।

तपाईंको संस्थाले बर्दियाको कुन–कुन ठाउँमा कार्यक्रम गर्नुभयो,ती ठाउँहरुमा कार्यक्रमको कस्तो प्रभाव परेको छ ?महिला सशक्तिकरण कार्यक्रम जिल्लाका आठै पालिकामा सञ्चालन गरेका छौं । अहिले जिल्ला भरी नै ‘भन्छिन् आमा’, रेडियो कार्यक्रम ८ वर्ष चलायौं । महिलालाई कसरी अगाडि लिन सक्छिन् भनेर करेसाबारीदेखि उनीहरुको पढाइलेखाई ,गरिब नेपाल सकारको पहँुच नपुगेको ठाउँमा काम गरेका छौं ।
नेपाल सरकारबाट अनुगमनमा जाँदा सरोकारवाला निकाय खुसी भएका थिए । हाम्रो काम र कार्यक्रमको प्रभावकारिता देखेर । पुरुषलाई भन्दा महिला धेरै प्रथामिकता दिएका छौं । कार्यक्रम प्रभावकारी भएको छ ।
महिला जागरणले चलाएको अभियानमा कस्ता कस्ता वर्गलाई समेट्नु भएको छ ?
नेपाल सरकारले हुँदा खानेलाई भन्दा हुने खानेलाई हेरेको देखिन्छ । खास सरकार समाजका तल्लो तहका वर्गको पक्षमा हुनुपर्ने हो । तर, हामीले नेपाल सरकारको नजर नपरेका वर्गलाई प्राथमिकतामा राखेका छन् । पछाडि परेको हँुदा खानेलाई प्राथमिकता दिएका छौं ।
विपन्न असहाय,सुत्केरीलाई समूहगत कृषिमा सूचिकृत गरेका छौं । महिलालाई आत्मानिर्भर बनाउन विभिन्न संघ–संस्थाहरुसँग जोड्ने काम गरेको छ ।
जन जागरण महिला संघमार्फत कति जनालाई आत्मनिर्भर बनाउन सफल हुनु भयो ?
हामीले काम चाँहि धेरै सिकाएका छौं । उहाँहरुको योग्यता अनुसारको हामीले प्रदेश सरकारसँग प्रपोजल हालेर काम दिने गरेका छौं । जसमा अनुसार २ सय जना महिलालाई चाँहि रोजगारी दिएका छौं ।
राज्यले जुन उद्देश्यका साथ रकम लगानी गरेको हुन्छ । त्यो पुरा नभएको आरोप लाग्छ यसलाई कसरी हेर्नु भएको छ ?
यो एकदमै सही र यथार्थ हो । महिला जागरण संस्थाको लडाइ यसैको लागि हो । नेपाल सरकारले जुन ठाउँमा लगानी गर्न पर्ने हो ।
त्यो नगरेकै कारण हामीले सुचिकृत गरी क्षमता अनुसार रोजगारी दिन माग गर्दै आएका छौं ।जुन ठाउँमा सरकार पुग्न सकेको छैन् त्यस ठाउँमा हामी पुगेर पछि सरकारी निकायलाई अनुगमन गराउने गरेका छौं ।
महिलाहरुलाई पनि पुरुष सरह अंश भण्डार गरिने भन्ने छ, यस्ता घटनाहरु फेला परेका छन् ?
कोही कसैले नगर्लान् तर ,अहिले धेरैले बुझेका छन् । यसको लागि मैले आफैबाट सुरु गरेकी छु ।
त्यसैले मैले छोरालाई भन्दा पहिला छोरी मिना र उसालाई अंश दिए । महिलाले पाउनु पर्छ भनेर लड्दै आएका छौं । यस्ता मुद्दाहरुपनि जितेका छन् र यसको अभियान पनि चलाएको छु । महिलाहरुमा शसक्तिकरण आउँदैछ ।
एक सर्वेक्षणअनुसार नेपालका २ लाख पचास हजार महिलाहरु बेचिएका छन् । यिनलाई नेपाल फर्काउन के कस्ता कामहरु गर्नुभएको छ ?
अहिलेको नयाँ स्थानीय सरकारबाट जुन आशा लिएका थिए । स्थानीय सरकार भनेको महिलाको हक र हितको लागि धेरै काम गर्छ भन्ने लागेकोे थियो तर,महिलाको लागि केही काम भएको छैन । जुन पहुँचवालाले मात्र पाएका छन् । जुन बोल्न सक्दैन् उनीहरुको लागि हामी लागि पेका छौं ।
महिला बालवालिका बेचविखन हुनबाट जोगाउन लागि परेका छौं । विदेशमा बेच्न भनेर एकजना महिलालाई काठमाडाँै लगेर होटलमा राखियो । हामी लागि परेर यता घर फर्कान सफल भयौं । बेचिनबाट बन्चित भएमी छन् । हामी यस्ता घटनाहरु हुन नदिन लागि परेका छौं ।
यस्ता काम गर्दै गर्दा सुरक्षाकर्मी र स्थानीय सरकारबाट कत्तिको सहयोग पाउनु भएको छ ?
म न्याउका लागि कुनैपनि राजनीतिक दल र प्रलोभनमा पर्दिन् । अपराधीलाई कुनैपनि हालतमा महिला जागरण छाड्छिन । मलाई मार्ने धम्की समेत आउनेगर्छ । म मरेरपनि कसैलाई राम्रो हुन्छ भने मर्नपनि तयार छु । तर, अपराधीलाई म र मेरो संस्था महिला जागरण बचाउमा लाग्दैनौं । अहिले सहयोग त पाएकै छु । हाम्रो सस्थाप्रति सबैको सदभाव छ ।
बर्दियामा बालविवाहको अवस्था कस्तो छ ?
बालविवाह पहिले मदेशी,चौधरी समुदायमा एकदमै धेरै थियो । अहिले न्युनिकरण भएको पाइन्छ । उमेर नपुगी विवाह गर्र्नु हँुदैन् भनेर विद्यालयदेखि समुदाय विपन्न वर्गसम्म हामीले कार्यक्रम निरन्तर चलायौं र सन्तोषजनक छ । अहिले यस्ता घटनाहरु फाटफुट र कम हुने गरेको पाइन्छ । अहिले झन् मोबाइल समाजिक सञ्जालका कारणले पनि यो न्युनिकरण हुन सकेको छैन् ।
संस्थाबाट तालिम दिएर कस्तो उपलब्धि भएको छ ?
हामीले क्षमता अनुसारकाको तालिम दिने गरेका छौं । पछि लगानी गर्दिने पनि गरेका छौं । भैंसी,बाख्रा र कृषि गर्न खोज्नेलाई सबै जोडेर बजेट लगानी गर्ने गरेका छौं । विहान, साँझ खान नपाउने र एकल महिलालाई परामर्श दिने आर्यआर्जनको लागि खाता खोलेर हजार रुपैँयाबाट काम दिने गरेका छौं । सीप दिएअनुसार काम गरिरहनु भएको छ । बेलाबेला अनुगमनमा जाँदा परिआणम राम्रो देखिन्छ । अहिले स्वरोजगार पनि बनेका छन् ।
महिलाको हकहित संरक्षण गर्न अब सरकारले के गर्नुपर्ला ?
सरकारले जहाँ महिलाहरु पीडित छन् । त्यहाँ सरकार भएको अनुभूति गराउन सक्नुपर्छ । विकासमा भेदभाव हुनु भएन । सबैलाईै समान व्यवहार गर्नुपर्छ । व्यवहारमा परिवर्तन गर्न पर्छ । महिलाहरुको हकहितको निम्ति समस्या आउन नदिन भारतबाट आउने तरकारी बन्देज गर्नुपर्छ । महिलाले उत्पादन गरेको तरकारी बिक्री हुने वातावरण सिर्जना हुनुपर्छ । एउटा हातले ताली बज्दैन् त्यसैले सबै एक हुनपुर्छ । भेदभाव नगरी तल्लो वर्गलाई हेर्न पर्छ । सरकार महिलामैत्री हुनुपर्छ ।









प्रतिक्रिया दिनुहोस्