कोहलपुर: कोहलपुर–११स्थित कोहलपुर सिटी एकेडेमीको ७ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच एकेडेमीको ७ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । ७ औं वार्षिकोत्सव समारोहका कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख रामबहादुर हमालले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका हमालले एकेडेमीको नयाँ मन्टेश्वरी भवनसमेत रिवन काटेर उद्घाटन गरे ।

उद्घाटनसँगै अब उक्त भवन विद्यार्थीको पठनपाठनका लागि प्रयोगमा आउने भएको छ । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि हमालले शैक्षिक क्षेत्रमा गुणस्तर कायम गर्ने अहिलेको मुख्य आवश्यकता भएको बताए । उनका अनुसार कोहलपुर नगरपालिकामा रहेको संस्थागत विद्यालयले कोहलपुरको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् । ‘ शिक्षा भनेको पढाउने मात्रै होइन । संस्कार सिकाउनुपनि हो । अझ विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको माध्यमबाट सिकाउनु आवश्यक छ,’ भने भने । उक्त अवसरमा बोल्दै कोहलपुर सिटी एकेडेमीका संस्थापक तथा प्रिन्सिपल प्रसान्त रिजालले अहिले कक्षा सातसम्म अध्ययन भइरहेको, जम्मा ९ सय विद्यार्थी रहेको र ४५ जनालाई रोजगारी दिएको बताएका थिए ।
एकेडेमीको आगामी योजना आउने शैक्षिक सत्रमा कक्षा आठ हुँदै माध्यमिक तह कक्षा १२ सम्म अध्ययन गराउने, विद्यार्थी संख्या १२ सय पु¥याउने र ६० जनालाई रोजगारी दिने भावी योजना रहेको उनले बताए । यस्तै केही वर्षमा सुविधासम्पन्न खेलमैदानको व्यवस्था गर्नेसमेत विद्यालयको योजना रहेको रिजालले सुनाए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कल्पना अधिकारीले अभिभावकले विद्यार्थीको विशेष ख्याल गर्नुपर्ने बताइन् । वडा नम्बर ११ मा रहेको स्कूललाई वडाको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू सधै तयार रहेको उनको भनाइ थियो ।
यस्तै नेशलन प्यासवन बाँकेका अध्यक्ष श्याम कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्दै कोहलपुरलाई शैक्षिक हब बनाउने अभियानमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए । अब विद्यालयको शैक्षिक गुणस्तर कायम गर्नुपर्नेमा उनले जोड दिए । उक्त अवसरमा कोहलपुर सिटी एकेडेमीका संस्थापक म्यानेजिङ डाइरेक्टर डम्बरबहादुर खत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । ७ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम समारोहका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती देखाइएको थियो । यस्तै कार्यक्रममा २०७५ सालेदेखि २०७८ सम्म वार्षिक परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडलद्धारा पुरस्कृत गरिएको प्रिन्सिपल रिजालले मिसन टुडे दैनिकलाई जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्