कोहलपुर: बाँके क्षेत्र नम्बर १ मा २५ सय मतगणना सकिएको छ । । दिउँसोबाट सुरु भएको मतगणनामा अहिलेसम्म कूल २५ सय मतगणना सकिएको हो ।

पछिल्लो अपटेड अनुसार नेकपा एमालेका सुर्य ढकालले १ हजार १४ मत ल्याएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज अथकले पछ्याइरहेका छन् ।
उनले अहिलेसम्म ५४५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले ४३८ मत प्राप्त गरेका हुन् ।
ढकियाको १४३ मत आउँदा साइकलले २६ मत पाएको छ । यस्तै घण्टीले २४ मत प्राप्त गरेको छ । क्षेत्र नम्बर १ मा बदर मतको संख्या २८८ रहेको छ ।
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्