बाँके १ मा १५ सय मतगणना : सुर्य ढकाल अघि, पछ्याउँदै अथक



कोहलपुर  : बाँके क्षेत्र नम्बर १ मा १५ सय मतगण्ना भएको छ । दिउँसोबाट सुरु भएको मतगणनामा अहिलेसम्म कूल १५ सय मतगणना सकिएको हो ।

पछिल्लो अपटेड अनुसार नेकपा एमालेका सुर्य ढकालले ५ सय ७३ मत प्राप्त गरेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज अथकले पछ्याइरहेका छन् ।

उनले अहिलेसम्म ३३० मत प्राप्त गरेका छन् । यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले २७६ मत प्राप्त गरेका हुन् ।
ढकियाको ९५ मत आउँदा साइकलले ८ मत पाएको छ । यस्तै घण्टीले ७ मत प्राप्त गरेको छ । क्षेत्र नम्बर १ मा बदर मतको संख्या १६० रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार