‘जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर बनाउँछु’



बाँकेको एक मात्र कोहलपुर नगरपालिका दोस्रो ठूलो शहर हो । तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट समेत रहेको कोहलपुर विकासको क्रममा छ । यहाँ हुने गतिविधिले समग्र जिल्लामा समेत असर पार्दछ । कोहलपुरको विकास नेतृत्व र कर्मचारी तन्त्रको भूमिकामा छ । स्थानीय तहलाई हरेक हिसाबमा चलायमान बनाउने कर्मचारीको रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई हेरिन्छ । तर कोहलपुरमा ती कर्मचारी एक वर्ष पनि नटिक्ने समस्या छ । यसले कोहलपुरको विकास र समृद्धिको यात्रामा प्रतिकूल असर गरिरहेको छ । स्थापना काल देखि झण्डै आधा दर्जन अधिकृत फेरी सकेका छन् । जो आएपछि ६ महिना भन्दा बढि नटिक्ने समस्या विद्यामान छ । यही शिलशिलामा फेरी कोहलपुर नयाँ अधिकृतको आगमन भएको छ । उनी हुन्, दैलेखको एक स्थानीय तहबाट सरुवा भएर आएका छविलाल नेपाली । केही दिन अघि मात्र कोहलपुर आइपुगेका नेपालीका योजना, रणनीति, कोहलपुरलाई गति दिने भिजन के छन्, जनप्रतिनिधि र कर्मचारीहरुको संयोजनमा काम गराउन खेल्नुपर्ने भूमिका र समग्र कोहलपुरका विकासको बारेमा मिसन टुडे दैनिकका डिल्ली शाहीले गरेको कुराकानीको सम्पादित अंश :

१ कोहलपुरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हाल्नु भएको छ, बोलाइएको हो की आफै आउनु भएको हो ?

हो केही दिन भयो म यहाँ आएको । औपचारिक रुपमा कार्यभार सम्हालीसकेको छु । जहाँ सम्म तपाईले बोलाइएको होकी आफै आउनु भएको हो भन्ने प्रश्न गर्नु भयो, हामी त सरकारीका कर्मचारी हौँ । सरकारले जहाँ खटायो त्यही जानुपर्छ । अर्को कुरा अहिले आफूले चाहेको ठाउँमा जाने भन्ने कुरा छैन । आफूले चाहेको स्थानीय तहमा जान पाइदैन पनि । पहिले भने यस्तो चलन थियो । तर म यहाँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएको हुँ । सरकारको निर्णय मुताविक आएको नै आएको हो । कोहलपुर अन्य क्षेत्र भन्दा विकसित पालिकाको रुपमा रहेको छ । आफूले सकेको गर्नेछु । यसलाई समान्य रुपमा हेर्दा सरुवाको सिस्टम मानी दिदाँ उपयुत्त, होला ।

२. कोहलपुर नगरपालिकालाई समृद्धि र विकास गर्नका लागि यहाँको योजना के छ ?

यो क्षेत्र आफैमा सेन्टर प्वाइन्ट हो । कोहलपुर बाँकेको न्यू सिटीको रुपमा विकसित हुँदै गइरहेको छ । यहाँ तीव्र रुपमा विकास भइरहेको छ । अब यो क्षेत्र भविष्यमा ठूलो शरहको रुपमा विकास हुँदैछ । यो क्षेत्रलाई अझै समृद्धि र विकास गर्नका लागि कस्तो योजना बनाउँदा राम्रो हुन्छ ? कुन कुन योजना अगाडि ल्याउँदा राम्रो हुन्छ ? कसरी दिगो विकास गर्न सकिन्छ ? कोहलपुरको सुशासन कायम राख्ने के गर्ने ? यहाँको विकासको मोडेल कस्तो छ ? कुन हिसावले जाँदा छिटो छरीतो र दिगो बनाउने जस्ता यावत कुराहरु रहेका छन् । यसलाई टेकेर हामीले विभिन्न खाल्का योजनाहरु बनाउनेछौं । स्थानीय तह आइसकेपछि शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार जस्ता विषयलाई कसरी उठाइरहेको छ । यहाँका गौरवका योजनाहरु, विकासका योजनाहरु, अन्य लक्षित वर्गका कार्यक्रममध्ये कुन कुनलाई प्राथामिकतामा देखिएको छ । कस्ता कस्ता योजनालाई यहाँको स्थानीय तहले ल्याएको छ र अब कस्ता योजना आउँछन सोही आधारका अनुसार योजना बनाउने छु । तर सबैभन्दा पहिले कोहलपुर नरपालिकामा रहेका जनप्रतिनिधिहरुले ल्याइएको भिजन कस्तो छ ? विगतमा कस्तो आएको थियो र भविष्यमा कोहलपुरलाई समृद्धि र विकास बनाउन कस्तो प्रकारको भिजन आउँछ ? किनकी जनताबाट निर्वाचित भएर आउनुभएका जनप्रतिनिधि हुनुहुन्छ । जनताहरुलाई सजह र सरल रुपमा सेवा सुविधा दिनका लागि कस्तो योजना बनाउनुहुन्छ । र उहाँहरुको ल्याइएको योजनालाई निति, नियम, कार्यविधि, ऐन, नियामावली, कानूनी माध्यामबाट छिटो छरितो गरी सहज तरीकाले काम गर्नेछु । विकासँग प्रत्यक्ष रुपमा सरोकार राख्ने व्यक्तिहरुसँग छलफल, अन्तक्रिया गरी उहाँहरुका विचार, भावना समेटिएर नै योजना बनाउने विश्वास व्यक्त गर्न चाहान्छु । सोही अनुसार एउटा बलियो कार्ययोजना बनाउनेछौं । साथै कोहलपुर नगरपालिकालाई सुस्त, दुरुस्त चुस्त बनाई काम गर्ने र गराउनेछु ।

३. भखरै यहाँ आउनुभएको छ तर कोहलपुरका जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो पाउनुभयो ?

जनप्रतिनिधि र कर्मचारीको भूमिका आ—आफ्नो किसिमको हुन्छ ।कर्मचारी भनेको कार्यन्वयनमा जोड दिने हो । जनप्रनितिनिधिहरुको नीति नियम बनाउने काम हो । जनप्रनितिधिले ल्याइएको राम्रा योजनालाई कार्यन्वयनमा लैजानका लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ । यि दुई हुने हो भने उहाँहरुको दुईको बीचको सम्बन्ध पनि राम्रो हुन्छ । कोहलपुरमा म भर्खरै आएको भएता पनि जनप्रतिनिधि र कर्मचारीको बीचको सम्बन्ध राम्रो हुनुपर्दछ । जुन हिजोका दिनमा पनि भएको हुनपथ्र्थो र आगामी दिनमा पनि त्यो हुनुपर्दछ ।

४. यहाँको कार्यकालमा कोहलपुरका जनताले सुशासनको महशुस गर्न पाउँछन् त ?

सर्वप्रथम, मेरो कार्यकालमा कोहलपुरका जनताले शुसासनको महशुस गर्ने पाउने विश्ववास दिलाउन चाहान्छु । सुशासन दिलाउँछु भनेर मात्र हुँदैन । यसमा इन्डिकेटरहरु पनि हुन्छन् । कुन कुन योजना, कुन कुन विधि मार्फत के कस्तो काम गर्ने कुन काम कति समयमा सम्पन्न गर्ने लगायत अन्य पनि पर्दछन् । जुन कोहलपुर नगरपालिकाले सहज र सरल रुपमा दिने हो भने यहाँका जनताले सुशासनको महशुस गर्ने पाउनेछन् । नेपाल सरकारले तोकिएको समयमा आफ्नो क्षेत्रबाट दिइने सेवालाई छिटो छरितो गरी जनतालाई स्थानीय सरकारको अपनत्व हुने गरी काम ग¥यौ भने पक्कै पनि महशुस गर्ने पाउँछन् । यहाँको जनताहरुले कोहलपुर नगरपालिकाले कस्तो योजना ल्याएको छ । कुन स्थानमा के बनाउँदा यहाँका जनतालाई फाइदा हुन्छ । कुन योजना कसरी बन्दै छ ? भन्ने कुरा राजनीतिक दल, टोल विकास समिति, वडा समिति र सर्वसाधारण व्यक्तिहरुलाई थाहा दिनुपर्दछ । जुन उहाँहरुको पनि राय, विचार के हो त समेटन सक्दछौं ।

५. यहाँका गौरवका योजनाहरु अलपत्र परिरहेको अवस्था छन् । यि योजनाहरुलाई पूरा गर्नका लागि यहाँको कस्तो भूमिका रहन्छ ?

कोहलपुर नगरपालिका गौरवका योजनाहरुलाई गम्भीर ढंगले हेरिरहेको छु । कोहलपुरका गौरवका योजनाहरु कसरी सम्पन्न गर्ने, कुन माध्यामबाट गर्ने भन्ने कुरा पनि भैसकेको छ । कोहलपुरमा रहेका सम्पूर्ण योजना र अन्य विविध कार्यक्रमहरु सहित सम्पूर्ण बजेट समेत हस्तान्तरण भैसकेको अवस्था छ । यहि चालु आर्थिक वर्षमा कोहलपुरका जनप्रनितिधिहरुले सोचेको छ, जुन उद्देश्य लिएको छ । त्यसलाई पूरा गर्नका लागि हामी लाग्छौं । त्यसमा हामीले एक खालको योजना बनाएर लाग्ने छौं । कोहलपुर नगरपालिकाका अघिल्ला योजनाको दायित्वमा पर्ने आयोजनाहरु के कस्ता छन् । सोही पुरा गर्नका लागि तिव्र रुपमा कामहरु गर्ने कोहलपुरका जनता तथा यहाँका विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरुलाई अनुरोध गर्दछु । यतिबेलाको समय भनेको विषम परिस्थति पनि छ जसले नेपालको सम्पूर्ण क्षेत्रमा प्रभाव र असर परेको छ । यसले कोहलपुरको समृद्धि र विकासलाई मात्र रोकेको होइनन । यसले विश्वमा आर्थिक चरम अभाव हुने, भोकभोकै मर्ने जस्ता नराम्रो घटनाहरु घटिरहेको अवस्था छ । विगतमा पनि ठुला ठुला महामारीहरु आएका थिए । जुन अहिलेसम्म पनि असर गरिरहेको छ । तै पनि कोहलपुरमा विकासका कामहरु रोकिएका भने छैनन तर पनि बलिलो योजना बनाई विकासमा लाग्ने हो भने अवश्य आउटपुट बाहिर आउनेमा विश्वस्त छु ।

६. कर्मचारीतन्त्र राजनीतिक आस्थाले चलेका देखिन्छ जसले गर्दा जनताले चाहेजस्तो विकास नभएको र सेवा सुविधा नपाएको भन्ने गुनासो आउने गरेका छन् तर यहाँले यसलाई कसरी हेर्नुहुन्छ ?

कुनै पनि कर्मचारी राजनीतिक दलमार्फत चल्ले भन्ने कुरा नै गलत भै हाल्यो । कर्मचारीले कार्यन्वयनको पक्षलाई मात्र हेर्ने हो । तर कर्मचारीतन्त्र भनको तटस्तता, निष्पक्षता र प्रतिबद्धता जस्ता विषयमा संग्लन भएका सेक्टरहरु हुन् । त्यस कारणले राजनीतिक आस्थाका आधारमा काम गर्ने पाइदैन र गर्न पनि हुँदैन । यदि त्यस्तो कोही काँही क्षेत्रमा काम गरिरहेको छ भने पनि कारबाही हुन्छ । किनभने हामीले उहाँहरुको पाउने सुविधा दिने हो जुन कानून, ऐन, नियमहरु टेकेर काम गर्ने हो । तर मेरो पार्टी यो हो त्यो भन्दैमा जुन काम गर्ने मिल्दैन । त्यसको लागि नेपाल सरकारले स्थानीय सञ्चालन ऐन अनुसार कामको बाँडफाँड गरेको छ । कोहलपुर नगरपालिकामा प्रमुख, उपप्रमुख र म स्वयम पनि छु । उहाँहरुले गर्ने काम, कतव्र्य र अधिकार छुट्याइएको छ र मेरो काम पनि छुट्याईएको छ । जुन यहाँका कर्मचारीहरुको पनि सोही अनुसार काम, कतव्र्य र अधिकार तोकिएको हुन्छ सोही अनुसार काम गर्नुहुन्छ । कर्मचारी भनेको बिशुद्ध रुपमा तटस्थ योग्यताका आधारमा आएका हुन्छन् । नेपाल सरकारले तोकिएको आचरणमा लागेपछि राजनीतिक रुपमा यता उता भन्ने हुँदैन । उसको हरेक खाल्को आचरण अनुसार अगाडि बढ्यो भने कर्मचारी राष्टका लागि राम्रो ठहरिन्छ ।

७. अन्त्यमा, अहिलेको कोहलपुर र तपाई यहाँबाट जाँदासम्मको कोहलपुर कस्तो हुन्छ ?

कोहलपुरका जनता, जनप्रतिनिधि र राजनीतिक दलले लगायत अन्य प्रत्यक्ष सरोकावाला व्यक्तिहरुले ल्याइएको योजनालाई पूर्ण रुपमा कार्यन्वयन गरेपछि पक्कै पनि कोहपुरको विकास निकै फरक देखिन्छ । यहाँका कर्मचारीमार्फत छिटो छरितो रुपमा काम गरी यहाँको योजनालाई समयमा नै सम्पन्न गर्ने हो । मेरो योग्यता, क्षमता र अनुभवका आधारमा जनप्रतिनिधिहरुलाई राम्रौ खाल्का सल्लाह र सुझाव दिन्छु । जसले कोहलपुरको समृद्धि र विकासलाई निकै ठुलो सहयोग पुग्ने छ । अहिले नै मैले यसरी परिवर्तन गर्छु भन्दा पनि भएका कामहरुलाई चुस्त, दुरुस्त गरी आउटपुट राम्रो आउने काम गर्नेछु ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २ गते मंगलबार