1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २७, २०७५  

नेपालगन्ज,२७ जेठ/  सामाजिक विकास मञ्चले युवासशक्तिकरण बुल्गारी परियोजना अन्तरगत नेपालगन्ज उपमहानगरपालिकाका माध्यामिक कक्षा अध्ययनरत ६० जना विपन्न गरिव सिमान्तकृत तथा आर्थिककारणले पढाइमा समस्या भएका बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो ।

मञ्चका जिविकोपार्जन अधिकृत भुपालसिंह बोहराका अनुसार प्रति ब्यक्ति चार हजारका दरले छात्रबृत्ति सहयोग गरिएको हो ।

मंगल श्रोत केन्द्रमा संस्थाका बरिस्ठ सल्लाहकार घनश्याम उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपालगन्ज— ७ का अध्यक्ष जुम्मन खाँ, वडा न ८ का अध्यक्ष उज्जल सिंह राठौर, सेभ द चिल्ड्रेनका कार्यक्रम प्रवन्धक रत्नराज ओझा, पौरखी बहुउदेस्य संस्थाका अध्यक्ष हरि प्रसाद तिमिल्सीना, सातवटै माध्यामिक विध्यालयका शिक्षक, छात्रवृतीका लागि छनौट भएका बिद्यार्थी तथा तिनका अविभावकहरुको उपस्थिती रहेको जिविकोपार्जन अधिकृत बोहोराले बताए ।

सेभ द चिल्ड्रनको साझेदारीमा मञ्चले सन २०१६ देखि यो कार्यक्रम संचालनमा ल्याएका हो । सातवटा माध्यामिक विध्यालयलाई कार्य क्षत्र बनाएर यस परियोजना अन्तरगत उपचारात्मक, कक्षा जिवन उपयोगी सिप कक्षा, बालसमुह गठन पुनर्गठन, अतिरिक्त कृयाकलापमा सहयोग तथा विध्यार्थी नियमितताका लागि अन्य बालबालिका केद्रित कृयाकलापहरु गर्दै आएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २७, २०७५     8:27:10 PM  |