बर्दियाका किसानलाई हात्तीकै पीर



बाँके ।

जंगली हात्तीले बर्दियाका विभिन्न स्थानमा किसानले लगाएका बालीनालीमा क्षति पु¥याउन थालेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा भारतीय जंगलबाट आउने हात्तीको बथानले बालीनाली नष्ट गर्न थालेको हो । बुधबार रातिमात्र हात्तीको बथानले गुलरिया नगरपालिका–१ मा धान र मकैमा ठूलो नोक्सानी पु¥याइदिएको थियो ।

करिब पाँच विगाहमा लगाइएको धान र मकै हात्तीको बथानले सखाप पारेको किसान मुरारी यादवले बताए । हात्तीले नष्ट गरेको धानबालीको सम्बन्धित निकायले लगत संकलन गरी किसानलाई उचित राहतको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् । ‘पाँच विगाहमा लगाएको धान रातिको समयमा हात्तीको बथानले एकैछिनमा सखाप पारिदियो,’ उनले भने, ‘मल र जलको अभावमा लगाएको धानबाली पसाउने बेला हात्तीले सखाप पा¥यो । हामी किसानलाई जे गर्दा पनि नहुने ।’

मल र जलको अभावमा लगाएको धानबाली पसाउने बेला हात्तीले नष्ट गरेको अर्का कृष्णप्रसाद भुसालले जानकारी दिए । ‘राति आएको हात्तीको बथानले पाँच विघाह धानबाली पूर्णरुपमा नष्ट गरेको छ,’ उनले भने, ‘किसानलाई टाउँकोमा हात राखेर बस्नुको कुनै विकल्प छैन ।’

यो घटना जिल्लामा पहिलोपटक भने होइन । वनजंगल र निकुञ्ज आसपासका किसानले यस्ता घटनाको प्रत्येक वर्ष सामना गर्नुपर्छ । हात्तीले नष्ट गरेको अन्नबालीको प्रहरीले मुचुल्का बनाई नगरपालिकामा पठाएको गुलरिया नगरपालिका–१ का अध्यक्ष जोगीराम थारुले जानकारी दिए ।

‘हात्तीले गरेको नोक्सानको बारेमा बिहानै नगर प्रमुख मुक्तिनाथ यादवलाईसमेत जानकारी गराएको छुँ,’ अध्यक्ष थारुले भने, ‘किसानलाई राहत दिलाउन हामीले तयार गरेको मुचुल्का जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाउनेछौं ।’

जंगलबाट राति निस्कने वन्यजन्तुले किसानले लगाएको अन्नबालीमा बर्सेनि क्षति पु¥याउने गरेको छ । खासगरी, गुलरिया, राजापुर, गेरुवा, मधुवन, ठाकुरबाबा र बारबर्दियामा वन्यजन्तुले किसानले लगाएका खेतीपातीमा धेरै क्षति पु¥याउने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २५ गते शनिबार