नेपालगन्ज, अनेरास्ववियु बाँके जिल्ला कमिटीको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम गरिएको छ । नेकपा एमालेको पार्टी कार्यालय नेपालगन्जमा उक्त रक्तदान कार्यक्रम गरिएको हो ।
उक्त रक्तदान कार्यक्रममा एक सय नौं पिन्ट रगत (ब्लड) संकलन भएको छ ।
एकजनाबाट एक पिन्ट ब्लड संकलन गरिएको अनेरास्ववियु बाँके महेन्द्र बहुमुखी क्याम्पसकी उपाध्यक्ष कल्पना थापाले जनाइन् । ‘बिरामीलाई ब्लडको हुन सक्ने समस्या थोरै भए पनि समाधान गर्न खोजिएको हो,’ उनले भनिन्, ‘आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम हुनेछन् ।’ यसले ब्लडको अत्यावश्यक पर्नेहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : २०७८ चैत २ गते बुधबार










प्रतिक्रिया दिनुहोस्