नेपालगन्जमा बजाजको एक्सचेन्ज महामेला



नेपालगन्ज ।

नेपालगन्जमा बजाज मोटरसाइकलले एक्सजेन्ज महामेला आयोजना गरेको छ । नेपालगन्जको लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता पानस मोटर्सले बुधबारदेखि बजाज एक्सचेन्ज महामेला सुरु गरेको हो ।

महामेलाअन्तर्गत बजाज ‘अपग्रेड’ इभेन्टमा नयाँ बाइकको खरिदमा अफरसँगै पुरानो बाइक विक्रीमा पनि आकर्षक अफर राखिएको छ । नेपालगन्जको कारकाँदोमा रहेको सडक डिभिजन कार्यालय परिसरमा आयोजित अपगे्रडको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली, कम्पनीका एचओडी लक्ष्मी सिग्देललगायतको उपस्थिति थियो ।

बुधबारबाट सुरु भएको अफर फागुन ३० गतेसम्म चल्ने छ । अफर योजनाअन्तर्गत कुनै पनि पुरानो बाइकको प्रचलित मूल्यभन्दा १० हजार बढी मूल्य दिइनेछ ।

यसका साथै नयाँ बाइक खरिद गर्दा ४० प्रतिशत रकम बुझाएर शून्य ब्याज दरमा बजाज कम्पनीका मोटरसाइकल चढ्न पाइनेछ । पानस मोटर्सका सञ्चालक ज्ञानेन्द्र खनालले पहिलो दिन नै आठवटा मोटरसाइकल एक्सचेन्च र पाँचवटा मोटरसाइकल विक्री भएको जानकारी दिए ।

खनालले अहिलेको परिस्थितमा पहिलो दिन नै भएको कारोबार उत्साहजनक रहेको बताए । उनले मोटरसाइकल चढ्न चाहने व्यक्तिहरुले नेपालगन्जको कारकाँदोस्थित सडक डिभिजन परिसरमा आएर मौकाको फाइदा उठाउन सक्ने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २७ गते शुक्रबार