मनाइयो नारी दिवस



नेपालगन्ज ।

११२औँ अन्तर्राष्ट्रिय नारी दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालगन्ज, कोहलपुरसँगै बाँकेका सबै पालिका र बदिर्याका बाँसगढीलगायतका अन्य पालिकामा उक्त दिवस मनाइएको हो ।

¥याली, प्रभातफेरी, अन्तरक्रियालगायतका कार्यक्रमको आयोजना गरिएको थियो । यो दिवस प्रत्येक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा आजकै दिनअर्थात मार्च ८ तारिखमा विश्वभरि नारी दिवस मनाउन थालिएको हो ।

सन् १९७५ मा संयुक्त राष्ट्रसंघले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेको छ । नेपालमा संविधानले लैंगिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान व्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ ।

जनसंख्याको हिसाबले आधा धर्ति ओगट्ने महिलाको अवस्था नाजुक रहेको विभिन्न परिसूचक तथा तथ्यांकहरुले देखाउँछ । लैंगिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैंगिक न्याय र समानता कायम गर्न नेपालले अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु जनाएको पनि छ ।

तर महिलाविरुद्धको शोषण, असमानता, विभेद अन्त्य भइसकेको छैन । त्यसैले प्रत्येक वर्ष नारी दिवस मनाइरहँदा वास्तविक शोषित, पीडित महिलाका आधारभूत सवालहरुमा दिवसले के ग¥यो भन्ने गम्भीररुपमा उठ्ने गर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार