कोहलपुर ।
कोहलपुरमा मोटरसाइकल र अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ । कोहलपुरबाट चिसापानी जाँदै गरेको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको अटो रिक्सा ठोक्किँदा बैजनाथ गाउँपालिका–१ चिसापानीका २८ वर्षीय विष्णु रावलको मृत्यु भएको हो ।
कोहलपुर चौराहा नजिकै भे१०प ७१२१ नम्बरको मोटरसाइकल र भे१ह ६२२५ नम्बरको अटो रिक्सा ठोक्किएका थिए । अटो रिक्सा मोड्ने क्रममा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैजनाथ गाउँपालिका–१ चिसापानीका २८ वर्षीय विष्णु रावलको मृत्यु भएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले जानकारी दिए । मोटरसाइकल चालक मानबहादुर बुढा गम्भीर घाइते भएका छन् ।
उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अटो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्