बर्दिया महोत्सवमा आज नायक आर्यन आउँदै



मधुर पौडेल । बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिकामा जारी बर्दिया महोत्सव–२०७८ मा आज (आइतबार) अभिनेता आर्यन सिग्देल आउँदैछन् । वाइवाई पाँचौ बाँसगढी औद्योगिक कृषि, पर्यटन, व्यापार मेलामा आजका मुख्य आकर्षक नेपाली सिनेमाका चकलेटी नायक सिग्देल नै हुन् ।

महोत्सवको छैटौं दिन शनिबार लोक गायक तथा मोडल चक्र बमले दर्शक झुमाएका थिए । यस्तै रमेशराज भट्टराईको समेत विशेष प्रस्तुती रहेको थियो । यसैगरी मोडल सम्झना कुस्मीले आफ्नो प्रस्तुती दिएकी थिइन् । महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक एकनारायण अधिकारीले सातांै दिनको मुख्य आकर्षक नायक सिग्देल भएको जानकारी दिए ।

मेलामा एक सय ५० वटा स्टल राखिएको छ । मेलामा स्थानीय उत्पादन, दैनिक उपभोग्य सामान, अटो मोबाइल, कृषिजन्य वस्तु तथा जडीबुटी प्रदर्शनका लागि राखिएको छ ।

यस्तै ग्रामेन्ट, जुत्ता, गलैँचा तथा पश्मिना, हस्तकला तथा छालाका सामानहरु, निर्माण सामग्री, सूचना प्रविधि, पर्यटन, शैक्षिक संस्था, थारु गाउ“ र खानाको परिकारलगायतका प्रर्दशनीमा राखिएको छ । वाइवाई पाँचौ बाँसगढी औद्योगिक कृषि, पर्यटन, व्यापार मेला बर्दिया महोत्सव–२०७८ आगामी फागुन २६ गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २२ गते आइतबार