नेपालगन्जमा आज नेसनल प्याब्सनको महाधिवेशन



नेपालगन्ज । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को सातौँ राष्ट्रिय महाधिवेशन नेपालगन्जमा आइतबारबाट सुरु हुँदैछ । उक्त महाधिवेशन आइतबारबाट सुरु भएर २३ गते सोमबारसम्म सञ्चालन हुने छ ।

महाधिवेशनमा सहभागी हुन देशभरिबाट एक हजार पाँच सय बढी विद्यालयका प्रतिनिधिहरु नेपालगन्जको नेसनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवरले जानकारी दिए ।

उनकाअनुसार नयाँ नेतृत्व चयनका साथै निजी तथा आवासीय विद्यालयहरूका जल्दबल्दा समस्या र मुद्दाहरुमाथि गम्भीर छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

महाधिवेशनको उद्घाटन संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गर्ने छन् । उद्घाटनअघि नेपालगन्जमा विभिन्न विद्यालय र देशभरिबाट आएका प्रतिनिधिहरु सम्मिलित झाँकी निकालिने नेसनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवरले जानकारी दिए ।

नेपालगन्जस्थित सोल्टी वेस्टर्न प्र्रिमियर होटेलमा आयोजना गरिएको महाधिवेशनमा विभिन्न एजेण्डामाथि गम्भीर छलफल गरी नेपालगन्ज घोषणापत्र पनि जारी गरिने नेसनल प्याब्सनका केन्द्रीय महासचिव सुवास न्यौपानेले जानकारी दिएका छन् ।

मुख्यगरि संघीय शिक्षा ऐन २०२८ संशोधन, छात्रवृत्तिमा निजी र सरकारी विद्यालयमा पढेका आधारमा विद्यार्थीहरु माथि हुने विभेदको अन्त्य, प्राविधिक शिक्षामा निजी तथा आवासीय विद्यालयहरुको पहँुचका विषयमा महाधिवेशनमा छलफल हुने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २२ गते आइतबार