कृष्णा केसी (नमुना)
प्रदेश सांसद, बाँके क्षेत्र नम्बर १ (क)
ढिलै भए पनि निरन्तरको पहलले सार्थकता पाएको छ । बाघले मान्छेको ज्यान लिएपछि तत्काल नियन्त्रणमा लिन दबाब दिएकी थिए । पहिले दबाबकै कारण चितवनबाट नै बाघ नियन्त्रणका लागि प्राविधिक टोली आएको थियो ।
एक सातासम्म खोज्दासमेत बाघ फेला पर्न सकेको थिएन । केही एक साता पहिला फत्तेपुरमा जंगल गएकी महिलाको बाघले आक्रमण गरी ज्यान लियो ।
एक पुरुषलाई गम्भीर घाइते बनायो । सोही क्षेत्रबाटै आफू निर्वाचित भएकोले सुरुदेखि नै लागिपरेको थिए । पछिल्लो समय त बाघको आंतक अति भएपछि निकुञ्ज, वन, विभिन्न संघसंस्थालाई सिडिओ कार्यालयमा नै बोलाएर माघ १३ गते छिटो नरभक्षी बाघ नियन्त्रणको लागि दबाब नै दिनुप¥यो । सम्बन्धित निकायहरुलाई ज्ञापनपत्रसमेत बुझाए ।
बाघ नियन्त्रणमा समन्वय गर्ने सबै निकाय तथा नियन्त्रणमा खटिने सबैलाई सो क्षेत्रबाट निर्वाचित भएको नाताले जनताको तर्फबाट समेत धन्यवाद दिन चाहान्छुँ । सो क्षेत्रमा अन्य बाघहरु रहेकोले जोखिम अझै घटिसकेको छैन ।
गाउँ क्षेत्रका जंगलमा फेरि बाघ देखिए नियन्त्रणमा लिनुपर्छ । यो कार्यक्रममा सहयोग र समन्वय गर्ने सिडिओ’साब, निकुञ्ज, वनका हाकिम’साबलगायत सम्पूर्णलाई धन्यवाद दिन चाहान्छुँ ।










प्रतिक्रिया दिनुहोस्