बाँके प्रहरीले डुडुवा गाउँपालिकाको सिधनियाघाटस्थित राप्ती पुलबाट एक थान अटोमेटिक पेस्तोल, ९ थान गोली र खुँडासहित कारमा रहेका तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार राती कारसहित राप्ती पुलबाट तीन जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुको परिचय भने हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।
यसबारे थप जानकारी दिनको लागि आज नै बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
प्रकाशित मिति : २०७८ फागुन १८ गते बुधबार










प्रतिक्रिया दिनुहोस्