नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले द्रुत गतिमा भेटघाट जारी नै राखेको छ । यही फागुन १९ गते हुने जिल्ला अधिवेशनका लागि गौडेलको नेतृत्वमा घोषित उम्मेदवारहरुको टोलीले आज खजुरा, कोहलपुर र नेपालगन्ज क्षेत्रका मतदाताहरुलाई भेटेको छ ।
खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिका सबै वडाका क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट गरेर सहयोगका लागि आग्रह गरेको गौडेल समूहको सचिवालय सह-संयोजक डिल्ली गिरीले बताए ।
सभापतिका उम्मेदवार गौडेल, उपसभापतिका उम्मेदवारद्वय गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवका उम्मेदवारद्वय सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवका उम्मेदवारहरु रेण सिंह ठाकुर र विश्वराज लम्साल लगायत सदस्य पदका केही उम्मेदवारहरु पनि भेटघाटका लागि पुगेको थिए ।
“भेटघाटका क्रममा मतदाताहरुबाट पाइरहेको ‘रेस्पोन्स’ले हामीलाई उत्साहित बनाएको छ,” सभापतिका उम्मेदवार गौडेलले भने, “हाम्रो टिमबाट क्षेत्रीय प्रतिनिधिज्यूरुहरुले पार्टीमा रुपान्तरणको आशा गर्नुभएको छ, उहाँहरुले हामीलाई हौसला दिइरहनुभएको छ ।”
गौडेल प्यानल बलियो देखिएको आंकलन गरिएको छ । बाँकेका धेरैजसो मतदाताहरुले पार्टीप्रति दत्तचित्त भएर पार्टी बलियो बनाउन योगदान दिएका नेता गौडेललाई नै यसपटक सभापतिको निर्वाचनमा पहिलो चरणमै निर्वाचित गराउने गौडेल समूहलाई जिताउन रातदिन लागिपरेका तरुण दलका पूर्व महासचिव एबं कांग्रेस नेता हुर्मत न्यौपानेले बताए ।










प्रतिक्रिया दिनुहोस्