खजुरा बजारमा बम जस्तो देखिने शंकास्पद बस्तु भेटियो



नेपालगन्ज ।

नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजारमा बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ ।

राजाबादिहरुले हालै नेपाली झण्डा गाडेर पृथ्वी चोक नाम दिएको चोकमा शंकास्पद बमजस्तो बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्योपानेले शंकास्पद बस्तु हटाउन नेपाली सेना परिचालन गरिएको जानकारी दिए । अहिले सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगिसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १७ गते मंगलबार