नेपाल बन्दको क्रममा सुर्खेतको वीरेन्द्रनगरमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ ।
वीरेन्द्रनगरको मंगलगढी चोकमा केहीबेर अघि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । अहिले सो क्षेत्र तनावग्रस्त रहेको बताइएको छ ।
अहिले पनी प्रहरीमाथि आन्दोलनकारीले चारैतिरबाट ढुंगा प्रहार गरिरहेका छन् । प्रहरीले भीड नियन्त्रणको लागि केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।
प्रकाशित मिति : २०७८ फागुन १६ गते सोमबार










प्रतिक्रिया दिनुहोस्