नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बाँकेले पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको प्रथम पूर्ण बैठकले पदाधिकारी टुंगो लगाएको हो । यसअघि फागुन १ गते सम्पन्न अधिवेशनले दिनेश केसीलाई अध्यक्षमा चयन गरेको थियो ।
शनिबार बसेको बैठकबाट उपाध्यक्षमा बिकल भट्टराईलाई चयन गरेको हो । अनेरास्ववियुको सचिवमा प्रकाश विश्वकर्मा, सहसचिवमा रोशन शाही ठकुरी, विकास विक्रम केसी र निरुता वली चयन भएका छन् ।
कोषाध्यक्षमा विनय कुमार यादवलाई चयन गरिएको अध्यक्ष केसीले जानकारी दिए । बैठकले विभिन्न निर्णय समेत गरेको छ । अनेरास्ववियु केन्द्रिय सदस्य सुमन घिमिरेले चैत्र मसान्तभित्र मा.वि, उच्च मावि र क्याम्पसहरुमा संघठन निर्माण गर्ने निर्णय गरेको जानकारी दिए ।
चैत्र १ गते रक्तदान कार्यक्रम गर्ने, चैत १२ गते प्रशिक्षण कार्यक्रम गर्ने र नयाँ वर्षको अवसरमा अखिल सन्देश प्रकाशन गर्ने निर्णय भएको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्