जिल्ला लिग फुटबल प्रतियोगिता: धम्बोझी र कारकाँदो बराबरीमा



नेपालगन्ज ।

बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा ओशोनिक क्लवले जित हासिल गरेको छ । ओशोनिकले मिलन युवा स्पोर्टस क्लवलाई ३–० ले हराएको थियो ।

नेपालगन्ज रंगशालमा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १–१ गोल गरे । क्षितिजले २५ औं मिनेट, गोविन्दले ४५ र गणेशले ५०औं मिनेटमा गोल गरेका थिए । यसैगरी उद्घाटन खेलमा धम्बोझी र कारकाँदो बिचको खेल १–१ को बराबरीमा सकिएको थियो । धम्बोझीका लागि बुद्ध देव शाहीले नौं मिनेटमा गोल गरेका थिए ।

पछि कारकाँदोका सृजन बकीले ५१ औं मिनेटमा गोल गदैं खेल बराबरीमा लगेका थिए । आयोजक बाँके जिल्ला फुटबल संघको आयोजनामा शुरु भएको जिल्ला लिग फुटबलको शनिबार एक समारोहमाबिच बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले गरेका थिए । उद्घाटन कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश शाह, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासनिक अधिकृत राम कुमार सोनकर लगायतको उपस्थिती रहेको थियो ।

फागुनको ३० गतेसम्म चल्ने लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा सहभागी टिमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन ।

यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन । लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १५ गते आइतबार