बहुविवाह मुद्दामा फरार कोहलपुरका चन्द पक्राउ



कोहलपुर ।

बहुविवाह मुद्दाका फरार एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले पक्राउ गरेको छ ।

बहुविवाह मुद्दामा फरार रहदै आएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ३३ बर्षिय जयबहादुर चन्दलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बहुविवाह मुद्दामा चन्दलाई बाँके जिल्ला अदालतले गत जेठ ९ गते १ बर्ष ५ महिना कैद र १५ हजार जरीवानाको फैसला गरेको थियो ।

अदालतको फैसला पस्चात हालसम्म फरार रही पक्राउ परेका चन्दलाई बाँके जिल्ला अदालतमा बुझाउने तयारी भईरहेको बाँके प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार