अस्ट्रेलियाको सैन्य विमान र चिनियाँ जहाजबीच आराफुरा सागरमा भएको घटनालाई अस्ट्रेलियाको रक्षा मन्त्रालयले निन्दा गरेको छ । चिनियाँ जहाजबाट आएको लेजरका कारण अस्ट्रेलियाको विमानमा रहेका कर्मचारी जोखिममा परेको रक्षा मन्त्रालयको भनाइ छ ।
गत बिहीवार अस्ट्रेलियाको पी–८ए पोसाइडन विमान देशको उत्तरी भागमाथि उड्दै गर्दा एउटा लेजरले उसलाई उज्यालो पारेको थियो ।
उक्त लेजर चिनियाँ जनमुक्ति सेनाको जलसैन्य जहाजबाट आएको हो ।
‘चिनियाँ जहाजबाट आएको उज्यालोले सुरक्षामा गम्भीर जोखिम तेर्स्याएको छ,’ रक्षा मन्त्रालयले शनिवार बयान जारी गरेर बतायो । ‘हामी यस्तो अव्यावसायिक र असुरक्षित सैन्य आचरणको कडा निन्दा गर्छौं ।’
उक्त जहाज चीनकै अर्को जहाजसँग थियो र घटना हुँदा आराफुरा सागरबाट पूर्वतर्फ जाँदै थियो ।
प्रकाशित मिति : २०७८ फागुन ८ गते आइतबार










प्रतिक्रिया दिनुहोस्