नेपालगन्ज आइपुगिन् पुर्वयुवराज्ञी हिमानी शाह



नेपालगन्ज ।

पुर्वयुवराज्ञी हिमानी शाह नेपालगन्ज आएकी छन् । प्रजातन्त्र दिवसको अवसरमा हिमानी शाह ट्रष्टले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन् उनी नेपालगन्ज आएकी हुन् ।

नेपालगन्जमा बिहान ११ बजे शाहको उपस्थितीमा एक कार्यक्रम गरिदैछ । नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्यमा हिमानी शाह ट्रष्टले कार्यक्रम गर्न लागेको बताइएको छ ।

कार्यक्रममा सहभागी हुन शुक्रबार नेपालगन्ज आइपुगेकी शाह कारकाँदोस्थित होटल सोल्टीमा बसेकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार