कोहलपुर नगरपालिकाले कार्यालय भवनको मुख्य प्रवेश द्वारमै लेखिएको ‘प्रदेश नम्बर ५’ सच्याएको छ । त्यसलाई सच्याएर लुम्बिनी प्रदेश लेखिएको छ ।
यसअघि कोहलपुर नगरपालिकाले प्रदेश सरकारको निर्णयलाई बेवास्ता गरेको विषयमा मिसन टुडे दैनिकले माघ १० गतेको अंकमा ‘प्रदेश नचिन्ने नगर’ शीर्षकमा फोटो क्याप्सन प्रकाशन गरेको थियो ।
त्यसपछि नगरले नाम बाध्य भएर सच्याएको हो । २०७७ असोज २० गते तत्कालीन प्रदेश ५ को प्रदेशसभा बैठकबाट नाम लुम्बिनी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले स्वीकृत भएको थियो । तर, प्रदेशसभाले औपचारिकरुपमा निर्णय गरेको एक वर्षभन्दा बढी भइसक्दा नाम सच्याएको थिएन ।
यसले नगरपालिका यस्ता महŒवपूर्ण कुरामा कति गैरजिम्मेवार छ भन्ने कुरा छर्लङ भएको छ । अहिले भने आफ्नो कमजोरी स्वीकार गरेर नाम परिर्वतन त ग¥यो । तर मूल प्रवेशद्वारमै राखिएको नेपालको नक्सा अंकित राष्ट्रिय चिन्ह अझै परिवर्तन हुन सकेको छैन ।
राष्ट्रिय लोगोभित्र रहेको नक्सामा चुच्चे नक्सा छैन । पुरानै नक्सा राखेर लोगो निर्माण गरिएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानीलाई समावेश गरेर नेपालको नयाँ नक्सा राख्ने प्रतिनिधिसभामार्फत अभूतपूर्व बहुमतसहित पारित गरेको थियो । त्यसपछि नेपालमा अहिले कालापानीसहितको चुच्चे नक्सा प्रचलनमा छ । तर कोहलपुर नगरपालिका देशको नक्सा जस्तो महŒवपूर्ण कुरामा पनि जिम्मेवार देखिएको छैन ।
नक्सा भनेको भूगोल समेटिएको नक्सा मात्रै होइन । यो कुनै पनि सार्वभौम देशको लागि पहिचानसमेत हो । स्वयत्त सरकारका रुपमा रहेको कोहलपुर यस्तो कुरामा धेरै समयदेखि बेखबर जस्तै छ । संयोग, कोहलपुरका प्रमुखसहित अधिकांश जनप्रतिनिधि नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गर्छन् ।
तुरुन्तै सच्याउँछौंः मेयर रावत
नगरपालिकाको मूल गेटमै चुच्चे नक्सा भए नभएको बारेमा नगरप्रमुख लुटबहादुर रावतनै अनविज्ञ छन् । मिसन टुडे दैनिकले यस विषयमा जिज्ञासा राख्दा सुरुमा उनी अल्मलिए । पछि थप प्रष्ट्याएपछि उनले भने, ‘इमान्दारपूर्वक भन्छँु मलाई यो कुरा थाहा थिएन । मैले पनि यस कुरामा ध्यान दिएकै थिएनँ ।’
नगरपालिका कै मूलगेटमा सरकारको आधिकारिक नक्सा भए नभएको नगर प्रमुखलाई नै थाहा नहुनु भनेको विडम्बना हो । नगरप्रमुखले नै यस्तो विषयमा अनविज्ञता प्रकट गर्नु गम्भीर कुरा हो ।
सरकारको आधिकारिक नक्सा नै नहुनु राम्रो कुरा नभएको उनको भनाइ छ । उक्त नक्सा अहिले सच्चिन्छ त मेयर साब ? भन्ने प्रश्नमा उनले तुरुन्तै सच्याउन लगाइहाल्ने प्रतिबद्धता व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्