पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको बैजनाथमा बुधबार बिहान एउटा सरकारी गाडीमा बन्दकर्ताले तोडफोड गरेका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरकाअनुसार सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको स्कारपियो गाडीलाई बन्दकर्ताले तोडफोड गरेका हुन् ।
बैजनाथको वनकटुवा चोकमा लुकेर बसेका बन्दकर्ताले पूर्वबाट पश्चिम गइरहेको मन्त्रालयको सुदुरपश्चिम प्रदेश ०१—००१ झ ४०१ नम्बरको गाडीमा तोडफोड गरेका थिए ।
तोडफोडबाट गाडीमा सामान्य क्षती पुगेको छ । गाडीमा सवारहरुलाई भने कुनै चोट नलागेको स्थानीय प्रहरीले जनाएको छ ।
एमसिसीको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्