अर्यालले भने, ‘योपटक सबैले अटेरी गरौं । उम्मेवार मात्रै होइन भोटरले पनि अटेरी गरौं । तपाईंले सधै तपाईंकै पार्टीलाई भोट दिनुभयो । एकपटक अटेरी गरेर हेर्नुहोस् ।
त्यसपछि कोहलपुरमा कस्तो विकास हुन्छ । तपाईंहरु प्रत्यक्षरुपमा अनुभूत गर्न पाउनुहुनेछ ।’
पर्यटन व्यवसायी देवानन्द अर्यालले कोहलपुर नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । व्यवसायी अर्यालले शनिबार कोहलपुरको मेयरमा उम्मेदवारी घोषणा गरेका हुन् ।
यो उनको स्वतन्त्र उम्मेदवारी हो । अर्यालले नै केही महिनाअघि मात्रै नयाँ अवधारणामा कोहलपुर–११ मा सुरु गरेको हाम्रो बजारमा उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘देशमा आजभन्दा भोलिभन्दा भन्दै भ्रष्टाचार, बेथिति बढ्दै गएको छ । जनतामा राजनीतिप्रति विक्षिप्त देखिएका छन् । यसले परिर्वतन गरेन भन्ने छाप गरेको छ । राम्रो मान्छे आउँदैन की भन्ने छाप बसेको छ ।’
उनले यस्ता कुरालाई चिर्नकै लागि आफूले उम्मेदवारी दिएको बताए । उनका अनुसार राजनीतिक दल मात्रै होइन व्यवसायी, साहित्यकार, इन्जिनियर, डाक्टरमा पनि राजनीतिक खुबी हुन्छ भन्ने देखाउन खोजिएको हो । आफ्नो उम्मेदवारी राजनीतिक दलहरुलाई फेरि जनतामै समर्पित हुनुहोस् भन्ने चुनौती हो । ‘त्यसका लागि देशभरि स्वतन्त्र अभियान सुरु भएको छ । यो अभियान यहाँमात्रै होइन देशभरि लैजाने तयारी छ,’ उनले भने, ‘यो देशव्यापी अभियान हो । गैरराजनीतिक मुमेन्ट हो । यो जनताहरुको पक्षमा हो ।’
यो स्वतन्त्र अभियान पोखराबाट सुरु भएको हो । पोखरामा साहित्यकार गणेश पौडेलले पोखरा महानगरको मेयरमा उम्मेदवारी घोषणा गरिसकेका छन् । सोही अभियाअन्तर्गत आफूले पनि कोहलपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । उनी २०३९ सालदेखि कोहलपुरमा बसोबास गर्दै आएका स्थानीय हुन् । विगत १५ देखि पर्यटन व्यवसायमा समेत आबद्ध छन् ।
मैले पनि कोहलपुरको परिवर्तनमा भूमिका खेल्न सक्छु भन्ने साहस लिएर अगाडि बढेको र कोहलपुरका जनताले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले कोहलपुरका जनतालाई अनुरोध गरे, ‘यो कुनै राजनीतिक पार्टीको संगठन होइन । यसको कुनै झण्डा छैन । यो मान्छेभित्र म केही गर्न सक्छु भन्ने हुटहुटी भएका युवाहरुको जमात हो ।’
उक्त अवसरमा उनले आफने उम्मेदवारी कुनै पनि स्वार्थमा फिर्ता नहुने प्रण गरे । उनले जनताले दिएको एक भोटले आफूले पाँच वर्षसम्म सेवा गर्ने पनि बताए । कोहलपुरलाई नेपालकै नमुना नगर बनाउने प्रण गरेर आफू जनताको माझमा आएको पनि उक्त अवसरमा बताएका थिए । व्यवसाय र परिवारलाई छोडेर जनताको माझमा आएको भन्दै आफू व्यवसाय गर्न नगरपालिकामा आएको नभइ, विकास र सेवा गर्न आएको स्पष्ट पारे । यसैगरी उनले थपे, यो पटक सबैले अटेरी गरौँ ।
उम्मेवार मात्रै होइन भोटरले पनि अटेरी गरौँ । तपाईंले सधै तपाईंकै पार्टीलाई भोट दिनुभयो । एकपटक अटेरी गरेर हेर्नुहोस् । त्यसपछि कोहलपुरमा कस्तो विकास हुन्छ । तपाईँहरु प्रत्यक्ष रुपमा अनुभूत गर्न पाउनुहुनेछ ।
यस्तै उक्त अवसरमा वडा नम्बर १२ मा केशवराज खनालले पनि वडाअध्यक्ष उम्मेदवारी दिएको उनले जानकारी दिए । खनाल भने त्यहाँ भौतिक रुपमा उपस्थित थिएनन् ।
को हुन् अर्याल
४४ वर्षीय अर्याल पर्यटन व्यवसायी हुन् । कोहलपुरमा २०३९ सालदेखि स्थायीरुपमा बसोबास गर्दै आएका छन् । व्यवसायी पृष्ठभूमिका अर्यालले सुरुमा यातायात व्यवसाय गरेका थिए । १० वर्षयता भने पर्यटन व्यवसाय गर्दै आएका छन् ।
हाल उनले कोहलपुरमा हाम्रो बजार सञ्चालन गरिरहेका छन् । बर्दियामा समेत जंगल सेन्टल प्लाजा रिसोर्ट छ । राजनीतिकरुपमा प्रजातान्त्रिक पक्षधर उनी पछिल्लो दुईवर्षयता त्यसमा पनि सक्रिय छैनन् । कोहलपुर उद्योग वाणिज्य संघका पूर्वकोषाध्यक्षसमेत रहेका अर्याल केही महिना पहिले भएको निर्वाचनमा महासचिवको उम्मेदवार बनेका थिए ।
मत किन्नुपर्ने भएकोले आफूले उम्मेदवारी फिर्ता लिएको बताए । यस्तै उनी कमर्सका विद्यार्थी हुन् । उनले बालकुमारी कलेज चितवनबाट कमर्समा ब्याचलर गरेका थिए । एसएलसी भने कोहलपुरको त्रिभुवन माविबाट उर्तिण गरेका हुन् । उ
नको अहिले २ बच्चा सहित श्रीमती सहित चार जनाको परिवार छ । कोहलपुरमा पाँचतारे होटल समेत भि¥याएका उनी कुनैबेला ड्राइभर थिए । लामोसमय विदेशमा समेत बिताएका उनले संघर्ष नै जीवन भएको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्