कोहलपुर–८ मा राष्ट्रिय युवा युवा संघको नयाँ नेतृत्व



कोहलपुर ।

राष्ट्रिय युवा संघ नेपाल बाँकेले आफ्नो संगठनलाई वडा स्तरसम्म परिचालन गर्ने भएको छ । सोही क्रममा शनिबार कोहलपुर नगरपालिका–८ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले सुरेन्द्र वलीको अध्यक्षतामा वडा स्तरीय युवा संघ विस्तार गरेको छ ।

वलीको अध्यक्षतामा ३५ सदस्य कार्य समिति चयन गरिएको थियो । अधिवेशनका प्रमुख अथिति राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज खेमराज शर्माले सामाजिक न्याय र लोकतन्त्रको रक्षा एमाले मात्र गर्ने दाबी गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भूसालले अब हुने निर्वाचनमा युवाहरुका मुद्धा स्वरोगार नीतिलाई कार्यान्वय तहसम्म लैजानका निम्ति फेरी पनि एमालेको सरकार आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति सामाजका केन्द्रिय सदस्य हरि बहादुर सुनार, एमाले जिल्ला कमिटी सदस्य युवा नेता कुस्माखर बस्याल लगाएतको एमाले नेता तथा कार्यकर्ताहरुको बाग्लो सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार