कोहलपुर ।
‘भ्यालेन्टाइन डे’ का लागि बाँकेका लागि यस वर्ष भारतबाट गत वर्षभन्दा बढी गुलाफको फूल भित्रिने भएको छ । कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको जोखिम कम भएकाले पनि यस वर्ष करिब १० देखि १५ हजार थान फूल भित्रिने आँकलन गरिएको छ ।
बाँकेमा अधिकांश गुलाफको फूल भारतबाटै आउँछ । गत वर्ष २५ सयदेखि तीन हजार थान फूल बाँकेमा भित्रिएको थियो ।
‘जिल्लामा १० हजारदेखि १५ हजार थान बिक्री हुने अपेक्षा गरिएको छ,’ फूल व्यवसायी बिन्दू चर्ती मगरले भनिन्, ‘कोरोना भाइरसको जोखिम कायमै रहेकाले अनुमान गरिए जति बिक्री होला जस्तो लाग्दै ।’
नेपाल–भारत खुला सीमा भएकाले पनि बाँकेमा कति फूल बिक्री भयो भन्ने एकीन तथ्यांक राख्न कठिन छ । केही व्यवसायीले भन्सार छलेर फूलहरु बजार बिक्री गर्ने भएकाले पनि यस्तो समस्या हुने गरेको हो ।
भ्यालेनटाइन डेको दिनमा आफूले माया गर्ने व्यक्तिलाई गुलाफको फूल दिने प्रचलन छ । सोहीकारण उक्त दिन गुलाफको फूलको माग बढी हुने गर्छ ।









प्रतिक्रिया दिनुहोस्