सशस्त्र प्रहरीद्धारा अवैध सामान बरामद



बर्दिया ।

बर्दियामा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न सामानहरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेटक्वाटर बर्दिया मातहतका युनिटहरुले अवैध सामान बरामद गरेका हुन् ।

जिल्लाका विभिन्न नाकाबाट भन्सार चोरीपैठारी गरेर भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्रले विभिन्न सामानहरु नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका सामानहरुको मूल्य एक लाख ६१ हजार सात सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेटक्वाटर बर्दियाले जानकारी दिएको छ ।

विभिन्न किराना सामान, पशुचौपाय, सूर्तिजन्य पदार्थ, प्लास्टिक झोला बरामद गरिएको थियो । बरामद गरिएका सामानहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार