बाँकेको जी गाउँमा अनेरास्ववियू र युवा संघको मसाल जुलुस प्रदर्शन



कोहलपुर ।

बाँके बैजनाथ गाउँपालिकाको जी गाउँमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल बैजनाथले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

पूर्व पश्चिम राजमार्गमा पर्ने जी गाउँमा बिहीबार साँझ अनेरास्ववियू र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै मसाल जुलुस निकालेका हुन् ।

उनीहरुले मूल्य वृद्धि फिर्ता लिन, तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न समेत सरकारसँग माग गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २० गते बिहीबार