सडकबाट हुत्तिँदै आएको भे१क १४९५ नम्बरको टिप्परले स्थानीय रामु थारुको आँगनमा आगो तापिरहेकालाई ठक्कर दिएको हो । ठक्करबाट घरधनी ४५ वर्षीय रामु थारु र छिमेकी ४५ वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले विकको घटनास्थलमै र थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
चालकले मदिरा पिएर चलाएको टिप्परले किच्दा बर्दियामा दुईजनाको ज्यान गएको छ । सोही टिप्परको ठक्करबाट दुईजना गम्भीर घाइते भएका छन् । भित्री सडकमा रहेको बढैयाताल गाउँपालिका–३ सतपतिया गाउँमा सोमबार राति घरको आँगनमा आगो तापिरहेकालाई टिप्परले ठक्कर दिएको थियो ।
सडकबाट हुत्तिँदै आँगनमा आएको टिप्परको ठक्करबाट दुईजनाको मृत्यु हुनुका साथै दुईजना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । सडकबाट हुत्तिँदै आएको भे१क १४९५ नम्बरको टिप्परले स्थानीय रामु थारुको आँगनमा आगो तापिरहेकालाई ठक्कर दिएको हो । ठक्करबाट घरधनी ४५ वर्षीय रामु थारु र छिमेकी ४५ वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले विकको घटनास्थलमै र थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
टिप्परले किच्दा आगो तापिरहेका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया चमेलिया थारु गम्भीर घाइते भएका छन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा उपचार भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । टिप्परबाट भाग्दै गर्दा टिप्परका सहचालकसमेत घाइते भएका छन् । सडकबाट हुत्तिँदै आँगनमा टिप्पर जाँदै गर्दा हामफाल्दा सहचालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय लक्ष्मण सुनार घाइते भएका हुन् । उनको पनि नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा उपचार भइरहेको छ । मृतक र घाइतेहरु जाडो बढेपछि घरकै आँगनमा आगो बालेर गफिँदै आगो तापिरहेका थिए । आगो ताप्दै गफमा भुलिरहेका बेला घरधनीसहित छिमेकीको सडकबाट एक्कासी हुत्तिँदै आएको टिप्परले ज्यान लियो ।
मदिरा खाएर तीव्र गतिमा चलाएको टिप्परले आगो तापिरहेका दुई महिलालाई गम्भीर घाइते बनाएको थियो । प्रहरीले मदिरा पिएर टिप्पर चलाउने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ३३ वर्षीय दुर्गा विकलाई नियन्त्रणमा लिइसकेको छ । मदिरा पिएका चालकले चलाएको टिप्पर सुर्खेतबाट इट्टा लिनको लागि बर्दियाको जमुनीतर्फ जाँदै गरेको थियो ।
राजमार्गमा सर्वसाधारणको प्रदर्शन
टिप्पर आंतकको विरोधमा स्थानीयहरुले मंगलबार दिनभर गुलरिया–नेपालगन्ज सडकखण्ड अवरुद्ध पारेका थिए । मदिरा सेवन गरेका चालकले चलाएको टिप्परले आगो तापिरहेका दुईजनाको ज्यान लिएपछि आक्रोशित स्थानीयहरुले राजमार्ग अवरुद्ध पारेका हुन् ।
मृतकलाई उचित क्षतिपूर्ति, घाइते उपचार र चालकलाई कडा कारबाहीको माग राख्दै आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले दिनभर नेपालगन्ज–गुलरिया सडकखण्ड बन्द रहेको जानकारी दिए । स्थानीयहरुले दिनभर उक्त सडकखण्डको भोलागौडी र पुष्पनगरमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए ।
भोलागौडी बजारमा रुख नै ढालेर सडक अवरुद्ध पारिएको थियो । आफूहरुका माग पूरा नभएर आज बिहानैबाट समेत सडक अवरुद्ध पारिने स्थानीयहरुले जनाएका छन् । दिनभर प्रहरीले राजमार्ग खुलाउने प्रयास गरेपछि ठूलो संख्यामा स्थानीय भएपछि प्रहरी पछि हटेको थियो ।
‘कानुनी प्रक्रिया अगाडि बढ्यो’
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले चालकलाई कानुनबमोजिम कारबाही हुने बताएका छन् ।
चालक र टिप्पर नियन्त्रणमा आइसकेकोले कानुनी प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए । टिप्पर मालिक सुर्खेतमा रहेकोले खबर गरिसकिएको एसपी कार्कीले बताए ।
‘क्षतिपूर्तिको विषयमा कुरा गर्न सुर्खेतमा रहेका मालिकलाई समेत खबर गरिसकिएको छ,’ उनले भने, ‘मंगलबार साँझसम्म आइसकेका छैनन् ।
उनी आएपछि पीडित पक्षसँग छलफल होला ।’ चालकले मदिरा पिएर टिप्पर चलाएको पुष्टि भइसकेको बताउँदै एसपी कार्कीले टिप्परको मेकानिकल चेकजाँच भए मात्र सडकभन्दा बाहिर गएर ठक्कर दिनुको कारण खुल्ने बताए ।
‘चालकले मदिरा पिएको पुष्टि भइसकेको छ । मदिरा खाएर चलाउनु गल्ती भएपछि सोही कारणले नै दुर्घटना भयो भन्न मिल्दैन,’ उनले मिसन टुडेसँग भने, ‘टिप्परका कारणसमेत दुर्घटना भएको हुनसक्छ ।
किन सडकभन्दा बाहिर गएर दुर्घटना भयो भन्नेबारे टिप्परको चेकजाँच भएपछि मात्र थाहा हुन्छ ।’
‘क्षतिपूर्ति र निःशुल्क उपचार हुनुपर्छ’
टिप्परले पिच सडकभन्दा करिब १५ मिटरभित्र आएर आगो तापेर बसेका मानिसहरुलाई ठक्कर दिएको वडाध्यक्ष दुर्गाप्रसाद पराजुलीले बताए । ‘हाइवेबाट भित्र छिर्दा नै टिप्पर तीव्र गतिमा रहेको स्थानीयले देख्नुभएको रहेछ,’ उनले मिसन टुडेसँग भने, ‘दुर्घटना भएको ठाउँमा पनि १४/१५ मिटरभित्र घरको आँगनमा गएर मानिसलाई ठक्कर दिएको छ ।’
चालकले मदिरा सेवन गरेर टिप्पर चलाएको हुनसक्ने वडाध्यक्ष पराजुलीले बताए । ‘म पनि दुर्घटना भएको स्थानमा पुगेर आएँ । पिच सडकबाट भित्र गएर घरको आँगनमा आगो ताप्न बसेकालाई किचेको देखिन्छ,’ उनले भने, ‘टिप्पर चालकका कारण ठूलो मानवीय क्षति हुन पुग्यो ।’
मृतकका आफन्तहरुलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार हुनुपर्ने वडाध्यक्ष पराजुलीले बताएका छन् । आफ्नै घरको आँगनमा बसेका मानिसको ज्यान लिने टिप्परका चालकलाई समेत हदैसम्मको कारबाही गर्न उनले माग गरे ।
शोकमय सतपतिया गाउँ
घरको आँगनमा आगो तापिरहेका दुईजनाको टिप्परले ज्यान लिएपछि बढैयाताल गाउँपालिका–३ मा रहेको सतपतिया गाउँ शोकमा डुबेको छ । सडकभन्दा भित्र आएर टिप्परले मानिसहरुको ज्यान लिएपछि स्थानीयहरु आक्रोशितसमेत बनेका छन् ।
नजिकै घर भएका दुईजनाको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको वडाध्यक्ष दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । ‘सतपतिया गाउँ मात्र होइन बढैयाताल नै शोकमा डुबेको छ,’ उनले भने, ‘सोमबार रातिदेखि नै गाउँ शोकमा डुबेको हो ।
पीडितले न्याय खोजिरहेका छन् ।’ टिप्परको ठक्कर नजिकैका दुई पुरुषको ज्यान गएको छ भने दुई महिला गम्भीर घाइते भएका छन् ।










प्रतिक्रिया दिनुहोस्