कोहलपुरमा दुई मोटरसाईकल ठोक्किदा दुई गम्भीर घाइते



कोहलपुर ।

बाँकेको कोहलपुरमा शुक्रबार राति मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे २ प ८२५१ र भे २ प ४५७६ नम्बरको मोटरसाईकल ठोक्किदा दुर्घटना भएको हो ।

कोहलपुरको हाइस्कुल नजिकै ठोक्किएका ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा नेपालगन्ज– २१ बस्ने ३५ वर्षीय बजरङ चौधरी र कोहलपुर नगरपालिका– ९ बस्ने २४ वर्षीय बद्री चौधरी घाइते भएका हुन् ।

घाइते दुबै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १ गते शनिबार