नेपालगन्ज ।
नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका–७ बुटवलका २२ वर्षीय सिद्धार्थ पाण्डे र दाङ घोराही उपमहानगरपालिका–१३ का ३६ वर्षीय अरुण रोका मगर पक्राउ परेका हुन् ।
शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जमुनाह प्रहरीले खानतलासी गर्दा लागू औषध ब्राउन सुगरको धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट १६ ग्राम ब्राउन सुगर फेला परेको छ ।
उक्त ब्राउन सुगर पनि प्रहरीले बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०७८ पुस २९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्