इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ ।
बुधबार राति भएको फाइनलमा युभेन्ट्सलाई २–१ गोल अन्तरले हराउँदै इन्टरले उपाधि हात पारेको हो ।
खेलको २५ औं मिनेटमा युभेन्ट्सले सुरुवाती गोल गरेपनि ३५ औं मिनेटमा गोल फकाउँदै इन्टरले खेल बराबरीमा ल्याएको थियो ।
युभेन्ट्सका लागि वेस्टन म्याकेनीले गोल गरेका थिए । त्यसपछि इन्टरका लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई खेललाई बराबरीमा ल्याएका थिए।
अन्तिमसम्म बराबरीमा अगाडि बढेको खेल आफ्नो पोल्टामा पार्न अतिरिक्त समयमा एलेक्सिस सान्चेजले गोल गरे। खेलको १ सय २१ औं मिनेटमा सान्चेजले गोल गरेसँगै इन्टरले जित हात पारेको हो ।
प्रकाशित मिति : २०७८ पुस २९ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्