लागूऔषध मुद्दामा फरार अभियुक्त पक्राउ



दाङ ।

लागूऔषध मुद्दामा फरार रहेका एकजनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ का २४ वर्षीय आशिष केसी पक्राउ परेका हुन् ।

केसीलाई गत भदौ ३१ गते कपिलवस्तु जिल्ला अदालतले लागूऔषध मुद्दामा ९ महिना कैद सजाय फैसला गरेको थियो ।

त्यतिबेलादेखि नै फरार रहेका उनीहरुलाई सोमबार घोराहीको दीपशिखा चोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केसीलाई आवश्यक कारबाहीका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको दाङ प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २७ गते मंगलबार