पिपल चौतारा नजिकै बाइक दुर्घटना एक गम्भीर घाईते



कोहलपुर

बाँकेको कोहलपुर पिपल चौतारा नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक पुरुष गम्भीर घाईते भएका छन् ।

नाम ठेगाना नखुलेका घाईतेलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार