नेपालगन्ज
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको स्टोर कक्षमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
अस्पतालको स्टोर कक्षमा बस्दै आएका अस्पतालकै कर्मचारीका परिवारका ५ जना सदस्यहरुमध्ये ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
परिवारका अन्य दुई सदस्य भने अचेत अवस्थामा फेला परेका छन् ।
मृतकहरुको मुखबाट फिँज निस्किएको अवस्थामा शव फेला परेको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्