नेपालगन्जमा उद्योग व्यापार महोत्सव हुने



नेपालगन्ज 

कोभिड–१९ (कोरोना भाइरस) पछि पहिलोपटक नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग व्यापार महोत्सव गर्ने भएको छ । माघ १५ गतेदेखि २५ गतेसम्म उक्त व्यापार महोत्सव गर्ने नेपालगन्ज उद्योग वाणिज्य संघले औपचारिक निर्णय गरेको छ ।

कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि नेपालगन्जमा व्यापार महोत्सव सञ्चालन हुन सकेका छैनन् ।

पछिल्लो समय कोरोना भाइरसको जोखिम कम भएकाले उद्योग व्यापार महोत्सव सञ्चालन गर्न थालेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले जनाए ।

‘लामो समयदेखि उद्योग व्यापार महोत्सव नहुँदा स्थानीय उत्पादनलाई बजार पाउन सकस भएको छ,’ उनले भने, ‘उक्त महोत्सवपछि ति उत्पादनको बजारीकरणमा सहयोग पुग्ने छ ।’

महोत्सवकै तयारी गर्नुपर्ने भएकाले संघले आफ्नो साधारणसभासमेत तत्कालका लागि स्थगित गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अनुसार पुस १७ गते स्थापना दिवसमात्रै मनाउने निर्णय भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १३ गते मंगलबार