कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालित शुभलक्ष्मी कृषि उत्पादन तथा खरिद बिक्री सहकारी लिमिटेडको अध्यक्षमा राजेन्द्र प्रसाद रिजाल निर्विरोध चयन भएका छन् । शनिबार कोहलपुरमा सम्पन्न सहकारीको ११ औँ साधारण सभाले रिजालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
सहकारीको उपाध्यक्षमा भिमराज पौडेल, सचिवमा रामचन्द्र शर्मा रिजाल र कोषाध्यक्षमा प्रतिमा पौडेल निर्विरोध चयन भएका छन् । सदस्यहरुमा सरोज हमाल, रमेश कुमार पोखरेल र धना खनाललाई चयन गरिएको छ । यस्तै सहकारीको तीन सदस्यीय लेखा समिति समेत चयन गरिएको छ ।
सुमन पौडेलको संयोजकत्वमा तीन सदस्य समिति पनि निर्विरोध चयन गरिएको हो । समितिको सदस्यहरुमा सावित्री कुमारी शर्मा र लेखेन्द्र पाण्डे चयन भएको सहकारीका व्यवस्थापक लेखक विकले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीका शेयर सदस्यहरुको सहभागितामा उत्साहपूर्व रुपमा सम्पन्न भएको छ ।
नयाँ नेतृत्वसँगै सहकारीले नयाँ गति लिने उहाँले बताएका छन् । उक्त अवसरमा बोल्दै सहकारीका नव निर्वाचित अध्यक्ष रिजालले लामो समय नेतृत्वविहीन भएको सहकारीलाई आफूहरुको क्षमताले भ्याएसम्म नयाँ गति दिने बताउनुभयो ।
सहकारीको कुल शेयर पुँजी २५ लाख ९१ ह्जार ८ सय ५० रुपैयाँ, वचत २ करोड २० लाख १९ हजार ३ सय ७५ रुपैयाँ, कर्जा लगानी १ करोड ८८ लाख ६६ हजार बैंक मौज्जात ११ लाख र व्याज आम्दानी २६ लाख ५८ हजार १ सय ७७ रुपैयाँ रहेको बताइएको छ ।
उक्त अवसरमा कर्मचारीहरु मध्ये उत्कृष्ट काम गर्ने सरस्वती बराल, उत्कृष्ट बचतकर्ताका रुपमा शोभा गिरी, असल ऋणीका रुपमा निराजन थारु, अवधि वचतकर्ता कृष्ण काफ्लेलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
जिल्ला सहकारी संघ अन्तर्गत शिक्षा समितिका सदस्य माधव पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न साधारण सभामा शेयर सदस्यहरु ललिता ओली र सुमन पौडेल तथा कोहलपुर उद्योग वाणिज्य संघका सदस्य होम बहादुर रावत लगायतले आफ्नो मन्तव्य राखेका थिए । उक्त अवसरमा शेयर सदस्य, कर्मचारी र सरोकावालाहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्