‘ओली गणतन्त्र र संघीयता विरोधी’



शिवु खनाल । दाङ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी आदर्श नभएको र व्यक्तिवाद प्रवृत्ती केपी शर्मा ओलीमा देखा परेको आरोप लगाएका छन् । अब एमाले पार्टी नभएको भन्दै उनले केपी बाको प्राइभेट पार्टी हुन पुगेको उनले बताए ।

शनिबार दाङमा लुम्बिनी प्रदेश कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले जनताको पार्टी नभएको कारण आफुहरुले विद्रोह गरेर संघर्ष साथ नयाँ पार्टी निर्माण गरेको बताएका थिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका उनले अहिले केपी शर्मा ओलीलाई जनताले लतत्याउन थालेको आरोप समेत लगाए । ‘केपी शर्मा ओली गणतन्त्र विरोधी हुन्’ उनले भने, ‘ओली नै गणतन्त्र र संघीयता मुख्य विरोधी भए ।’ ओली बयल गाडा चडेर आफ्नो घर फर्किएको बताउँदै उनले देशमा ओलीको प्राइभेट पार्टी छोड्ने लहर चलेको दाबी समेत गरे ।

‘हाम्रो पार्टीको मुल केन्द्र बिन्दु भनेको जनता हुन् । हामी समाजवादको यात्रामा जान चाहान्छौं । हाम्रो ध्यान समाजको परिवर्तनमा रहेको छ’ अध्यक्ष नेपालले भने, ‘अब आर्थिक क्रान्ति गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । किसानको समस्यालाई केन्द्र बिन्दुमा राखेका छौँ ।’ एमाले पार्टीले देशलाई लुट्ने र जनतालाई चुस्ने काम गरिरहेको भन्दै उनले त्यसैकारण आफुहरुले बाध्य भएर विद्रोह गरेको बताए ।

भेलामा बोल्दै एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले दक्षिणपन्थी अवसरवाद केपी शर्मा ओलीमा देखापरेका कारण विद्रोह गरेको बताए । ‘एमाले भन्ने पार्टी हामीले बनाएको हांै । त्यसको स्वामित्व हामिसँग छ, त्यो पार्टीले जन्माएको असल नेता हाम्रो पार्टीमै हुनुहुन्छ ।’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ११ गते आइतबार