राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ । घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ वर्षीया महिलाको प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
प्रतिष्ठानले दिएको जानकारीअनुसार रुखबाट लडेर घाइते भएकी उनी १० दिन अगाडि प्रतिष्ठानको इमरजेन्सी विभागमा आएकी थिइन् । सो क्रममा एक्स–रेलगायतको परीक्षणमा उनको मेरुदण्डको हड्डी भाँचिएको पत्ता लगाको थियो ।
‘चिकित्सकको सुझावअनुसार नै उनको शल्यक्रिया भएको हो ।
शल्यक्रियापश्चात दुई दिनपछि ह्वीलचेयर एम्बुलेसन गरी एक दिनपछि ढाडमा पेटी लगाई बिरामी हिँडेको र शल्यक्रियाको सात दिनमा बिरामीको अवस्था सामान्य भइ हाल बिरामी बेल्ट लगाएर हिँड्डुल गर्न सक्ने भएपछि डिस्चार्ज गरिएको छ,’ प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थी नेतृत्वको चिकित्सक, स्वास्थ्यकर्मी र नर्ससहितको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्