नेकपा एमालेका उपसचिव प्रमोद कुमार धिताल नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
उनीलाई बिहीबार बाँकेको कोहलपुरमा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
सोही अवसरमा बोल्दै धितालले एमालेभित्र चलेको व्यक्तिवादीविरुद्ध अन्य नेता कार्यकर्ताहरुलाई विद्रोह गर्न समेत आग्रह गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउनेहरुलाई उचित जिम्मेवारी दिइने बताए ।
यता नेकपा एमाले बाँकेले भने धितालले केही दिनअघि उपसचिव पदबाट राजिनामा दिइसकेको जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुस ८ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्