जाजरकोट बस दुर्घटनाका बिरामीलाई निःशुल्क उपचार गर्न प्रदेश प्रमुखको आग्रह



सुर्खेत : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जाजरकोट घटनाप्रति दुःख व्यक्त गरेका छन् । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १३ कुदुमा भएको घटना प्रति आफू स्तब्ध भएको बताएका हुन् । कर्णाली प्रदेश प्रमुख परियारले एक समवेदना पत्र मार्फत घटनाबाट ५ जनाको मृत्यु र २८ जना घाइते भएको भन्दै आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन् ।

यस्तै उनले मृतक परिवार तथा घाइते परिवारहरुको उपचारको लागि कर्णाली प्रदेश सरकारले औषधि उपचारको व्यवस्था मिलाउनका लागि साथै दुर्घटनामा परेका सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यस्तै उनले शोक सन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली र सप्तरीका ४० बर्षीया गंगाराम यादवको मृत्यु भएको छ।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस सदरमुकाम पुग्नुभन्दा करिब १० किलोमिटर यता भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको थियो। शनिबार राती नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।छ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १२ गते आइतबार