कोहलपुर मध्यवर्तीले ग¥यो होलीमिलन



कोहलपुर ,३० फागुन/  कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले आइतबार परिचयात्मक तथा होलीमिलन कार्यक्रम गरेको छ । समितिमा नयाँ कार्यसमिति आएपछि होलीको अवसर पारेर परिचयात्मक तथा होलीमिलन कार्यक्रम गरिएको हो ।
सोही अवसरमा समितिले आ.व.२०७३÷०७४ को दोश्रो चौमासिक सम्मको कार्यप्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै पानी पोखी तथा सिमासार निर्माण, सुधारिएको बाख्राको खोर, बनहेरालु सहयोग, सामुदायिक वन तारबार, सिबिएपियू परिचालन लगायतका काममा १४ लाख ९४ हजार खर्च भएको जनाइएको छ ।
यस्तै अन्तिम चौमासिकमा समितिको हल निर्माण (माथिल्लो तला) गर्ने, सामुदायिक वनमा काँडेतार हाल्ने, बाटो ग्राभेल गर्ने लगायतका कार्यक्रमहरु १६ लाख ४८ हजार ८ सय बराबरको खर्चमा सम्पन्न गर्ने अध्यक्ष सावित्रा पुनले जानकारी दिइन् ।
समिति अन्तरगत १७ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समूह, २२ वटा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । कार्यक्रमको संचालन सचिव प्रेम पुनले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७३ फागुन ३० गते सोमबार