फुटपछि सक्रिय बन्दै बाँके एमाले



कोहलपुर 

नेकपा एमाले बाँकेले जिल्लाका आठ वटै पालिकामा एक दिने प्रशिक्षण आयोजना गर्ने भएको छ । तत्कालीन नेकपा विभाजनदेखि नै आफूलाई मुलधारको दाबी गर्दै आएको सूर्य ढकाल नेतृत्वको नेकपा एमाले बाँकेले सोही अनुसार गतिविधि गरिरहेको थियो ।तर वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अर्को पार्टी खोलेसँगै ओली समूह संस्थापनका रुपमा जिल्लामा फेरि सक्रिय हुन थालेको छ ।
सोही अनुसार पार्टी फुटपछि औपचारिक रुपमा ढकाल नेतृत्वको एमालेले जिल्लाभर प्रशिक्षण आयोजना गर्न लागेको हो ।

भोली ‐१३) गते देखि,१४,१५,१६,१७ र १८ गते ८१ वडाहरुमा संगठित सदस्यहरुको एक दिने प्रशिक्षण संचालन गर्ने निर्णय अध्यक्ष ढकालले जानकारी दिएका छन् । उनले एक वडामा तीन जना प्रशिक्षक खटाइने समेत जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पशिक्षण बारे जानकारी दिदैँ अध्यक्ष ढकालले पहिलो दिन राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका १५ वटा वडामा कार्यक्रम गरिने बताएका छन् ।

१४ गते कोहलपुर नगरपालिकाका १५ वटा वडामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न हुनेछ । उनका अनुसार १५ गते बैजनाथ र खजुरा गाउँपालिकाका १५ वटा वडामा कार्यक्रम आयोजना हुनेछ । यस्तै १६ गते जानकी गाउँपालिकाका ७ वटा वडामा पशिक्षण सम्पन्न हुने अध्यक्ष ढकालको भनाइ छ । यसैगरी १७ गते नेपालगञ्ज उपमहानगरका १५ वटा वडा र डुडुवा गाउँपालिकामा समेत पशिक्षण कार्यक्रम सम्पन्न गरिने नेकपा एमाले बाँकेले जनाएको छ ।

यस्तै पार्टीका भातृ संगठनले समेत जिल्लाका विभिन्न पालिकामा गतिविधि गरिरहेका छन् । केही दिन अघि मात्रै अनेरास्वावियू बाँकेले बैजनाथ गाउँपालिकामा कार्यक्रम आयोजना गरेको थियो ।त्यहाँ अनेरास्ववियूको गाउँपालिका कमिटी विस्तार गरिएको संयोजक दिनेश केसीले जानकारी दिए । यस्तै आज राप्तीसोनारी गाउँपालिकामा बृहत भेलाको आयोजना गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १२ गते शनिबार